Nepal Life

मर्जर पछि प्रभु महालक्ष्मीले मार्यो छलाङ, मुनाफा सहित सम्पुर्ण सूचकमा उल्लेख्य सुधार

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Sat 09:49
मर्जर पछि प्रभु महालक्ष्मीले मार्यो छलाङ, मुनाफा सहित सम्पुर्ण सूचकमा उल्लेख्य सुधार
Sanima Reliance

काठमाडौं । मर्जर पछि प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी जीवन बीमा व्यवसायदेखि सम्पुर्ण सूचकमा आक्रामक देखिएको छ । चरम आर्थिक मन्दीको समयमा पनि जीवन बीमा व्यवसाय सुधार गरेर उदाहरणीय बनेको प्रभु महालक्ष्मी लाइफले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा ११ करोड ७३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

NIMB

कम्पनीले गत आर्थिक वर्षको भन्दा ५३ प्रतिशतले मुनाफा बढाउन सफल भएको हो । गत वर्षको यहि अवधिमा कम्पनीले ६ करोड ५३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । स्थापनाको छोटो समयमै कम्पनीले आफ्नो जीवन बीमा कोष ७ अर्ब ८६ करोड नघाउन सफल देखिएको छ । यस्तो कोष गत असारको तुलनामा ७.४० प्रतिशतले सुधार भइसकेको छ ।

कम्पनीको कुल लगानी ११ अर्ब ७३ करोड पुगिसकेको छ । खर्चमा एकदमै मितव्ययिता अपनाएकै कारण कम्पनीको कुल लगानीको रकम तुलनात्मक रुपमा धेरै देखिएको हो । मर्जरको समयमा समेत फजुल खर्च नगरी कार्यक्रम समापन गरेको प्रभु महालक्ष्मी लाइफले समय अनुसार खर्च कटौतीको नीति लिएको छ । खर्च कम हुने वित्तीकै कम्पनीको कोष बलियो हुन्छ । त्यसमा पनि बीमा कम्पनीको कोष बीमितको हो । कोष जति ठुलो बनाउन सक्यो बीमितले पाउने प्रतिफल पनि त्यति नै राम्रो हुन्छ ।

कम्पनीको चुक्ता पूँजी ४ अर्ब २९ करोड रुपैयाँ रहेको छ । कम्पनी शेयर शेयर प्रिमियम बापत एक करोड ९३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५९ करोड ७१ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले अभिकर्ता तथा बीमितलाई बीमालेख धितोमा राखेर ९८ करोड ८५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । समिक्षा अवधिमा कम्पनीले खुद बीमा शुल्क आर्जन ११४ प्रतिशतले बढाएर एक अर्ब १७ करोड रुपैयाँ आर्जन गरेको छ । पहिलो त्रैमाशिक अवधिमै अर्ब माथि बीमा शुल्क आर्जन गरेर कम्पनीले उल्लेख्य सुधार गरेको हो ।

मर्जर सँगै दाबी भुक्तानी रकममा पनि बृद्धि भएको छ । कम्पनीले समिक्षा अवधिमा बीमितलाई ४८ करोड ८९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । जीवन बीमा व्यवसायमा उल्लेख्य प्रगति सँगै अभिकर्ताले प्राप्त गर्ने कमिशन पनि ७१ प्रतिशतले बढेको छ । जीवन बीमा व्यवासयमा सबैभन्दा ठुलो भुमिका अभिकर्ताहरुकै हुन्छ । अभिकर्ता कमिशन जति धेरै बढ्छ कम्पनीको जीवन बीमा व्यवसाय पनि त्यहि अनुपातमा बृद्धि हुन्छ । अभिकर्ताले तीन महिनामै १३ करोड ५१ लाख रुपैयाँ कमिशन बुझेका छन् ।

कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया