Nepal Life

नेपाल लाइफको मुनाफा सहित सम्पुर्ण सूचकमा सुधार, सर्वाधिक ठुलो जीवन बीमा कोषमा पौने दुई खर्ब नाघ्यो

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Sat 10:24
नेपाल लाइफको मुनाफा सहित सम्पुर्ण सूचकमा सुधार, सर्वाधिक ठुलो जीवन बीमा कोषमा पौने दुई खर्ब नाघ्यो
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा सम्पुर्ण वित्तीय सूचकहरुमा सुधार गर्न सफल भएको छ । कम्पनीले सार्वजनिक गरेको त्रैमाशिक वित्तीय विवरण अनुसार असोज मसान्तसम्ममा १५ करोड २९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको भन्दा ९.१७ प्रतिशतले मुनाफा बृद्धि गरेको कम्पनीले गत वर्षको यहि अवधिमा १४ करोड ९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

NIMB

त्यस्तै खुद बीमा शुल्क आर्जन ८.७२ प्रतिशतले बढाएर १० अर्ब ९२ करोड रुपैयाँ संकलन गरेको छ । जीवन बीमा व्यवसाय भित्र्याउने अभिकर्ताको कमिशन भने सामान्य घटेको छ । अभिकर्ताले तीन महिनाको अवधिमा ९१ करोड ८८ लाख रुपैयाँ कमिशन बुझेका छन् ।

चुक्ता पूँजि ८ अर्ब २० करोड रुपैयाँ रहेको नेपाल लाइफको जगेडा कोषमा ७९ करोड ३३ लाख रुपैयाँ जम्मा भएको छ । त्यस्तै वैदेशिक विपत्तीकोषमा एक अर्ब २ करोड जम्मा भइसकेको छ ।

कम्पनीको जीवन बीमा कोष सर्वाधिक धेरै एक खर्ब ७५ अर्ब पुगेको छ । गत असारमा कम्पनीको जीवन बीमा कोषमा एक खर्ब ६५ अर्ब थियो । कम्पनीको कुल लगानी एक खर्ब ४६ अर्ब रुपैयाँ रहेको छ भने अभिकर्ता तथा बीमालेख धितोमा राखेर ३२ अर्ब ३८ करोड लगानी गरेको छ ।

कम्पनीले समिक्षा अवधिमा बीमितलाई ३ अर्ब ८३ करोड रुपैयाँको दाबी भुक्तानी गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ४ अर्ब ३७ करोड रुपैयाँ दाबी भुक्तानी गर्नु परेको थियो । कम्पनीमा परिपक्व बीमालेखको संख्या बढ्दै जादा दाबी भुक्तानीको रकम पनि बढ्ने गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ७.५ रुपैयाँ रहेको छ । यो मुनाफा अपरिष्कृत वित्तीय विवरण अनुसार हो । जीवन बीमा कम्पनीहरुको वास्तविक मुनाफा एक्चुरियल मूल्याङ्कन पछि बन्ने लेखापरीक्षण पछि मात्रै निर्यौल हुन्छ । यस्तो मुनाफामा जीवन बीमा कोष तथा बीमित सँग सम्बन्धित कोषहरुको आम्दानीबाट आर्जन भएको मुनाफालाई एक्चुरियल मूल्याङ्कन नगरि जोड्न पाइदैन ।

नेपाल लाइफले यस वर्ष अन्य वर्षको तुलनामा आफुलाई रणनीतिक रुपमा अगाडी बढाएको छ । जीवन बीमा व्यवसायमा एउटा चक्र पुरा गरिसकेकाले कम्पनीलाई रणनीति बनाउन सजिलो पर्छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया