Nepal Life

सगरमाथा लुम्बिनीको अधिकाम्स सूचकमा उल्लेख्य सुधार, मुनाफा ९२ प्रतिशतले बढ्यो

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Sun 06:37
सगरमाथा लुम्बिनीको अधिकाम्स सूचकमा उल्लेख्य सुधार, मुनाफा ९२ प्रतिशतले बढ्यो
Sanima Reliance

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स ‘सलिको’कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा ९२ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । कम्पनीले असोज मसान्तसम्ममा ५ करोड ७० लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा २ करोड ९० लाख रुपैयाँ थियो । यो मुनाफा साविक सगरमाथा इन्स्योरेन्स कम्पनीको हो । कम्पनीले यस अवधिमा लुम्बिनी इन्स्योरेन्स कम्पनी सँग मर्जर गरेको छ ।

NIMB

समिक्षा अवधिमा कम्पनीले कुल बीमा शुल्क आर्जन ६७ प्रतिशतले बढाएर एक अर्ब ३१ करोड रुपैयाँ आर्जन गरेको छ । जस मध्ये कम्पनीले पुनर्बीमाका लागि ६२ करोड ४९ लाख रुपैयाँ पुनर्बीमा शुल्क भुक्तानी गरेको छ । पुनर्बीमा कम्पनीलाई भुक्तानी गरे पश्चात कम्पनीको खुद बीमा शुल्क आर्जन ६९ करोड ४९ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले यस वर्ष पुनर्बीमा कम्पनीबाट १२ करोड ४० लाख रुपैयाँ कमिशन प्राप्त गरेको छ । निर्जीवन बीमा कम्पनीका लागि यो नाफा जस्तै हो । कम्पनीले समिक्षा अवधिमा ९३ करोड ७८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । यो रकममा पुनर्बीमा कम्पनी र कम्पनी दुबैको भुमिका रहेको छ ।

कम्पनीले अझै १४ हजार १९४ वटा पोलिसीको दाबी भुक्तानी गर्न बाँकी छ । गत वर्षको यहि अवधिमा कम्पनीले १० हजार ४४९ वटा पोलिसीको दाबी भुक्तानी गर्न बाँकी थियो । मुनाफाका आधारमा प्रतिशेयर आम्दानी ८.७ रुपैयाँ रहेको छ

चुक्ता पूँजी २ अर्ब ६२ करोड रहेको छ भने जगेडा कोषमा ३८ करोड १७ लाख रुपैयाँ छ । प्रतिशेयर नेटवर्थ २२९ रुपैयाँ छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया