Nepal Life

सानिमा जिआइसीको अधिकाम्स सूचकमा सुधार, मुनाफा २४ % ले बढ्दा कुल बीमा शुल्क आर्जन ३७ करोड नाघ्यो

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Sun 07:17
सानिमा जिआइसीको अधिकाम्स सूचकमा सुधार, मुनाफा २४ % ले बढ्दा कुल बीमा शुल्क आर्जन ३७ करोड नाघ्यो
Sanima Reliance

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अधविमा अधिकाम्स सूचकमा उल्लेख्य सुधार गरेको छ । साविक सानिमा र जनरल इन्स्योरेन्स कम्पनी मर्जर भएर सानिमा जिआइसी बनेको सानिमा जिआइसीले साविक सगरमाथाको तथ्याङ्क सँग तुलना गरेर वित्तीय विवरण सार्वजनिक गरेको हो । यसले गर्दा वित्तीय सूचकमा सुधार देखिएको हो ।

NIMB

कम्पनीले तीन महिनाको अवधिमा २४ प्रतिशतले मुनाफा बढाउदै ३ करोड ३७ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीको चुक्ता पूँजि २ अर्ब रुपैयाँ रहेको छ । मुनाफाका आधारमा प्रतिशेयर आम्दानी ६.७६ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ छ ।

कम्पनीले समिक्षा अवधिमा कुल बीमा शुल्क आर्जन ११३ प्रतिशतले बढाउदै ३७ करोड ४ लाख रुपैयाँ आर्जन गरेको छ । सबै जोखिम आफुले मात्रै राख्न नसक्ने भएकाले पुनर्बीमा कम्पनीलाई जोखिम हस्तान्तरका लागि २६ करवड ३० लाख रुपैयाँ पुनर्बीमा शुल्क भुक्तानी गरेको छ । कम्पनीले पुनर्बीमा कम्पनीलाई भुक्तानी गरेर खुद बीमा शुल्क १० करोड ७३ लाख रुपैयाँ आर्जन गरेको छ । पुनर्बीमा कम्पनीहरुबाट कमिशन बापत ५ करोड ३१ लाख रुपैयाँ बुझेको छ ।  

यस अवधिमा कम्पनीले १९ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले अझै ५ हजार ७०३ वटा पोलिसीको दाबी भुक्तानी गर्न बाँकी छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया