Nepal Life

एशियन लाइफको मुनाफा १५ प्रतिशतले बढ्यो, एयर लाइन्सको शेयर खरिद पश्चात लगानी ७२ प्रतिशतले बढ्यो

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Sun 07:58
एशियन लाइफको मुनाफा १५ प्रतिशतले बढ्यो, एयर लाइन्सको शेयर खरिद पश्चात लगानी ७२ प्रतिशतले बढ्यो
Sanima Reliance

काठमाडौं । एशियन लाइफले यति एयरलाइन्सको शेयर खरिद पश्चात कुल लगानी नै ७२ प्रतिशतले बढेको छ । कम्पनीले यरलाइन्सको ४९ प्रतिशत शेयर हिस्सा खरिद गरेको छ । समिक्षा अवधिमा कम्पनीको कुल लगानी ३४ अर्ब ८५ करोड रहेको छ । गत वर्षको यहि अवधिमा कुल लगानी जम्मा २० अर्ब १६ करोड थियो । चालु आर्थिक वर्षको तीन महिनामा मात्रै कम्पनीले साझेदार रहेका कम्पनीमा ३ अर्ब ४ करोड लगानी गरेको छ ।

 

NIMB

कम्पनीको चुक्ता पूँजि ३ अर्ब १५ करोड रहेको छ । बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी जुटाउन अझै कम्पनीलाई एक अर्ब ८४ करोड आवस्यक पर्छ । यो भनेको ५८ प्रतिशत हो । जगेडा कोषमा भने ३० करोड ६३ लाख मात्रै छ ।

तीन महिनाको अवधिमा कम्पनीले १६ करोड ६१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । यो गत वर्षको भन्दा १४.९६ प्रतिशतले बढि हो ।

कम्पनीको जीवन बीमा कोष ३९ अर्ब ९ करोड रहेको छ । समिक्षा अवधिमा कम्पनीले खुद बीमा शुल्क आर्जन एक अर्ब ८५ करोड गरेको छ । त्यस्तै बीमितलाई ९५ करोड ७२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । अभिकर्ताले १६ करोड ५६ लाख रुपैयाँ कमिशन बुझेका छन् । प्रतिशेयर आम्दानी २१ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ ११७ रुपैयाँ छ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया