Nepal Life

आइजिआइ प्रुडेन्सिललको सम्पुर्ण सूचकमा सुधार, मर्जर पछि यस्तो देखियो कम्पनीको वित्तीय अवस्था

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Tue 07:42
आइजिआइ प्रुडेन्सिललको सम्पुर्ण सूचकमा सुधार, मर्जर पछि यस्तो देखियो कम्पनीको वित्तीय अवस्था
Sanima Reliance

काठमाडौं । आइजिआइसी प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाशिक अवधिमा ६८ प्रतिशतले मुनाफा बढाउन सफल देखिएको छ । असोज मसान्तसम्ममा कम्पनीले ५ करोड ११ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अधविमा कम्पनीले ३ करोड ४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

NIMB

मर्जर पछि कम्पनीको हरेक सूचकमा उल्लेख्य सुधार देखिएको छ । साविम आइएमई जनरल र प्रुडेन्सियल विच मर्जर भइ आइएमई प्रुडेन्सियल बनेको हो । यसरी दुई कम्पनीले मर्जर पश्चात निर्जीवन बीमाकम्पनीहरु मध्येकै सर्वाधिक ठुलो पूँजी भएको कम्पनी बनेको छ । हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब २ करोड रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन ४९.७६ प्रतिशतले बढेको छ । कम्पनीले तीन महिनाको अवधिमा कुल ५८ करोड ३४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्दा पुनर्बीमा कम्पनीलाई ३५ करोड ८१ लाख रुपैयाँ पुनर्बीमा शुल्क भुक्तानी गरेको छ । पुनर्बीम कम्पनीलाई बुझाएर कम्पनीले खुद बीमा शुल्क आर्जन भने २२ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ । पूँजीकोष एकदमै राम्रो भए पनि कम्पनीले धेरै जसो जोखिमलाई पुनर्बीमा कम्पनीमा हस्तान्तरण गरेको देखिन्छ ।

यस अवधिमा कम्पनीको दाबी भुक्तानी भने १४९ प्रतिशतले बढेको छ । कम्पनीले ४४ करोड ३४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । यस मध्ये पुनर्बीमा कम्पनीबाट २६ करोड ९० लाख रुपैयाँ प्राप्त गरेको छ भने कम्पनी आफैले १८ करोड १६ लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले अझै १३ हजार वटा पोलिसीको दाबी भुक्तानी गर्न बाँकी छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया