Nepal Life

आइजिआइ प्रुडेन्सियलले तनहुँमा सम्पन्न गर्यो कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Tue 07:54
आइजिआइ प्रुडेन्सियलले तनहुँमा सम्पन्न गर्यो कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम
Sanima Reliance

काठमाडौं । आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले तनुहुँ जिल्लाको देवघाट गाउँपालिकामा कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न गरेको छ । कम्पनीले यहि कार्तिक २० गतेदेखि २२ गतेसम्म बीमा अभिकर्ताको रुपमा कम्पनी सँग आवद्ध भइ कार्य गर्न इच्छुक व्यक्तिहरुलाई यस्तो तालिम प्रदान गरेको हो ।

 

NIMB

अभिकर्ता तालिम कार्यक्रममा नेपाल बीमा प्राधिकरण गण्डकी कार्यालय प्रमुख केशव प्रसाद दाहाल, देवघाट गाउँपालिका प्रमुख तिलक बहादुर थापा, देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्ण बहादुर कुवर लगायतको उपस्थिति थियो ।

उक्त तालिमममा तनहुँ लगायत विभिन्न जिल्लाहरुबाट ३३ जना व्यक्तिहरुको उत्साहजनक सहभागिता रहेको थियो । तालिम पश्चात कम्पनी सँग आवद्ध भइ कार्य गर्ने बीमा अभिकर्ताहरुको कम्पनी र ग्राहकहरु विच आफ्नो योग्यता थत कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकहरुको बीचमा राम्रो भुमिका निर्वाह गरी कार्य गर्ने अपेक्षा कम्पनीले लिएको छ । यस तालिमबाट उक्त क्षेत्रमा नेपाल बीमा प्राधिकरणले निर्देशन गरे बमोजिम कृषि तथा पशुपन्छी बीमा गर्नका लागि ग्राहकहरुले सहज रुपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा लिइएको कम्पनीले जनाएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया