Nepal Life

नेपाल बैंक ८७ औं वर्षमा प्रवेश, युवा जनशक्तिको प्रभावले बैंकलाई शक्तिशाली बनाउदै

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Thu 07:50
नेपाल बैंक ८७ औं वर्षमा प्रवेश, युवा जनशक्तिको प्रभावले बैंकलाई शक्तिशाली बनाउदै
Sanima Reliance

काठमाडौं । नेपालमा पहिलो पटक बैंकिङ अभ्यासको सुरुवात गर्ने नेपाल बैंक लिमिटेड स्थापना भएको आज ८७ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा बैंकले आम ग्राहक वर्ग, शेयरधनी, शुभेच्छुक एवम् सम्पुर्ण सरोकारवालामा हार्दिक आभार प्रकट गरेको छ । बैंकले आगामी दिनमा अझ बढी प्रभावकारी गुणस्तरीय आधुनिक प्रविधिमैत्री, विश्वसनीय बैंकिङ सेवा प्रदान गर्दै जाने प्रतिवद्धता व्यक्त गरेको छ ।

NIMB

नेपाल बैंक नेपालको पहिलो बैंक हो जसको स्थापना १९९४ साल कार्तिक ३० गते भएको थियो । नेपाल बैंक कानुन १९३७ अनुसार स्थापना भएको यस बैंकको उद्घाटन राजा त्रिभुवनले गरेका थिए । त्यतिबेला पनि सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा स्थापना भएको यस बैंकमा १० जना लगानीकर्ता थिए । सुरुवाती चुक्ता पूँजी ८ लाख ४२ हजारबाट सुरु भएको बैंकको निक्षेप १७ लाख थियो भने कर्जा लगानी १९ लाख थियो ।

विश्वमा बैंकिङ अभ्यास १७ औं शताब्दीबाटै भइसक्दा पनि नेपालमा बैंक खोल्ने सुरु सार थिएन । जहानिया राणा शासनको अवधिमा नेपाल बैंक कानुन १९३७ अनुसार स्थापना भएको यस बैंकको उद्घाटन राजा त्रिभुवनले गरेका थिए । त्यसैले यसको आफ्नै लामो गौरवमय इतिहास छ । नेपालमा औपचारिक बैंकिङ सेवाको सुरुवात मात्र नभई स्वदेशी मुद्रा प्रचलनमा सहजता ल्याउने श्रेय पनि नेपाल बैंक लिमिटेडलाई नै जान्छ । भारतीय रुपैयाँको दबदबा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल बैंक लिमिटेडले खेलेको भूमिका इतिहासका स्वर्णिम पानाहरूमा सदा लेखिइरहने नै छ ।

यसैगरी वि.स. १९९४ देखि २०१३ सालसम्म देशको केन्द्रीय बैंकको भूमिका समेत निर्वाह गरेको नेपाल बैंक लिमिटेड नेपालको वित्तीय क्षेत्रमा एउटा छुट्टै अनुभव बोकेको गौरवशाली बैंक हो ।

नेपालको आर्थिक विकासमा अग्रणी भूमिका खेलेको नेपालको पहिलो बैंक नेपाल बैंक १९९४ सालदेखि हालसम्म अनवरत विश्वासको ८७ औँ वर्षसम्म अटुट रूपमा बैंकिङ सेवा प्रदान गर्न सफल भई आफ्नो निरन्तर यात्रामा गतिशील रूपमा लागिपरिरहेको छ ।  

नेपाल बैंकले ८७ वर्षे इतिहासमा धेरै आरोह अवरोध भोग्दै आएको छ । कहिले नेपाल सरकारले टेकओभर गर्नु परेका घटना नै किन नहोस् कहिले नेपाल सरकारलाई सर्वाधिक धेरै लाभांश प्रदान गर्ने बैंक बनेर नै किन नहोस् । पछिल्लो एक दशकमा बैंकले अग्रगामी छलाङ मारेको छ । गएको २०७६ पुसमा २३ वर्ष पछि बैंकले लाभांश दिएको थियो । 

यस अवधिमा बैंकले धेरै नै नराम्रा क्षणलाई भोग्नु पर्यो । यस अवधिमा नेपाल बैंकले पुनर्जीवन प्राप्त गरेको छ । आर्थिक वर्ष २०७५/७६ देखि लगातार शेयरधनीलाई आकर्षक लाभांश दिदै आएको बैंकले नेपाल राष्ट्र बैंकको पूँजी बृद्धि योजना पछि आफुलाई थप  प्रतिस्पर्धी बनाउन सफल देखिएको छ । अहिलेको अवस्थामा नेपाल बैंकले अन्य बाणिज्य बैंक भन्दा थप शक्तिशाली र बलियो प्रतिस्पर्धी बनेर उभिएको छ । 

कस्तो छ अहिलेको वित्तीय अवस्था ?

नेपाल बैंकले सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरण अर्थात चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा १४ करोड २३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गएको वर्षको यहि अवधिमा बैंकले ६० करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो । 

बैंकले इम्पेयरमेन्ट चार्ज बापत १ अर्ब ३४ करोड १७ लाख रुपैयाँ छुट्याएको छ । गत वर्ष २१ करोड ४४ लाख रुपैयाँ उक्त शीर्षकमा छुटयाएको थियो । यसरी इम्पेयमेन्ट चार्ज बढ्दा यस बैंकको नाफामा असर परेको हो । 

समीक्षा अवधिसम्म नेपाल बैंकले २ अर्ब २१ करोड ७७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको भन्दा १६.२८ प्रतिशत धेरै हो । त्यसैगरी, सञ्चालन नाफा ८६.९१ प्रतिशतले घटेर १० करोड ३९ लाख कायम भएको छ । गत वर्ष उक्त नाफा ७९ करोड ४० लाख भन्दा धेरै थियो । 

हाल नेपाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा २१ अर्ब ४४ करोड रुपैयाँ जम्मा रहेको छ । यता, बैंकको एनपीएल बढेर ३.८४ प्रतिशत पुगेको छ । गत वर्ष २.३६ प्रतिशत थियो । 

यसको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ७७ पैसाबाट घटेर ३ रुपैयाँ ८४ पैसा कायम भएको छ । त्यसैगरी, प्रतिसेयर नेटवर्थ पनि ५० रुपैयाँ ३४ पैसाले घटेर २४८ रुपैयाँ ४६ पैसा कायम भएको छ । 

यसको वितरणयोग्य नाफा २ अर्ब ९० करोड रुपैयाँबाट घटेर ३६ करोड ७५ लाखमा झरेको छ । उक्त रकमबाट यसले १० प्रतिशत लाभांश वितरण गर्न सक्छ । गत वर्ष यसको लाभांश क्षमता ८०.५९ प्रतिशत थियो ।

पछिल्लो आर्थिक मन्दीको प्रभाव बैंकिङ क्षेत्रमा पनि पर्न थालेको छ । यसले गर्दा कतिपय सूचकमा नकारात्मक प्रभाव पारे पछि बैंक यस्ता असरलाई समाधान गर्न सक्षम बनिसकेको छ । बैंक सँग ३० देखि ४० वर्ष उमेरका कर्मचारीको बाहुल्यता छ । यस समुहले नै हिजोका दिनमा जस्तो बैंकलाई समस्यामा पार्न दिने छैनन् । बैंकले समयमानुकुल आफुलाई परिवर्तन गर्दै लगिरहेको छ । कर्जाका स्किमदेखि लिएर मार्केटिङमा पनि कर्मचारी खटिने गरेका छन् । लोकसेवा जस्तो कठिन परीक्षा उत्तीर्ण गरेका कर्मचारीले बैंकलाई अझ उचाइमा पुर्याउनेछ । यसले बैंकलाई अझ सवल सक्षम र प्रतिस्पर्धी बनाउनेमा दुईमत छैन । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया