Nepal Life

मर्जर पछि सानिमा रिलायन्सले पायो सिनर्जी, व्यवसाय र मुनाफा सहित सम्पुर्ण सूचकमा उल्लेख्य सुधार

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Fri 10:38
मर्जर पछि सानिमा रिलायन्सले पायो सिनर्जी, व्यवसाय र मुनाफा सहित सम्पुर्ण सूचकमा उल्लेख्य सुधार
Sanima Reliance

काठमाडौं । मर्जर पछि सानिमा रिलायन्स लाइफले सिनर्जी पाएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमै उत्साहजनक उपलब्धी हासिल गरेको छ ।

NIMB

असोज मसान्तसम्ममा कम्पनीले १२८ प्रतिशतले मुनाफा बढाउदै ११ करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ४ करोड ८५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । साविकका सानिमा लाइफ र रिलायन्स लाइफ मर्जर भएर सानिमा रिलायन्स बने पनि गत वर्षको तथ्याङ्क सानिमा लाइफ सँग तुलना गरिएको छ ।

मर्जर पछि हरेक सूचकमा १०० प्रतिशत भन्दा धेरैले सुधार देखिएकाले मर्जरले सिनर्जी प्राप्त भएको प्रमाणित हुन्छ । समिक्षा अवधिमा कम्पनीले १६० प्रतिशतले खुद बीमा शुल्क आर्जन बढाउदै एक अर्ब ५१ करोड रुपैयाँ आर्जन गरेको छ । त्यस्तै खुद दाबी भुक्तानी पनि तीन गुणा भन्दा धेरैले बढेर ५३ करोड  ८२ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

व्यवसायमा सुधार सँगै अभिकर्ता कमिशन पनि १०९ प्रतिशतले बढेको हो । अभिकर्ताले व्यवसाय भित्र्याए बापत १५ करोड १२ लाख रुपैयाँ बुझेका छन् । कम्पनीको जीवन बीमा कोष गत असारको तुलनामा ८.३१ प्रतिशतले बढेको छ । कम्पनीको जीवन बीमा कोषमा ११ अर्ब ८२ करोड रुपैयाँ जम्मा भएको छ ।

चुक्ता पूँजी ४ अर्ब १८ करोड रहेको छ भने जगेडा कोषमा ८२ करोड ४६ लाख रुपैयाँ जम्मा भएको छ । जीवन बीमा कोष भन्दा ठुलो लगानी रहेको छ । कम्पनीले समिक्षा अवधिमा १५ अर्ब १४ करोड रुपैयाँ लगानी गरेको छ । कम्पनीको चुक्ता पूँजी र जगेडा कोषको आकार बढे सँगै लगानीको सिमा पनि बढेको हो । प्रतिशेयर आम्दानी ११ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२२.७६ रुपैयाँ रहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया