Nepal Life

मर्जर पछि शक्तिशाली बनेको हिमालयन लाइफको जीवन बीमा कोष ५५ अर्ब नाघ्यो, मुनाफा ३५ प्रतिशतले बढ्यो

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Fri 11:23
मर्जर पछि शक्तिशाली बनेको हिमालयन लाइफको जीवन बीमा कोष ५५ अर्ब नाघ्यो, मुनाफा ३५ प्रतिशतले बढ्यो
Sanima Reliance

काठमाडौं । साविक तीन वटा कम्पनी मर्जर भएर शक्तिशाली बनेको हिमालयन लाइफले सम्पुर्ण सूचकमा उल्लेख्य सुधार गर्न सफल देखिएको छ । हिमालयन लाइफले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा ३५.३८ प्रतिशतले मुनाफा बढाएको छ ।

NIMB

असोज मसान्तसम्ममा कम्पनीले २४ करोड १३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीको मुनाफा १७ करोड ८३ लाख रुपैयाँ थियो । मर्जर सँगै कम्पनी चुक्ता पूँजी, लगानी, जीवन बीमा कोष, जगेडा कोषमा समेत शक्तिशाली बनेको हो ।

समिक्षा अवधिमा कम्पनीले खुद बीमा शुल्क आर्जन १४.४९ प्रतिशतले बढाउदै ४ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । गत वर्षको यहि अवधिमा साविकका तीन कम्पनीको खुद बीमा शुल्क आर्जन तीन अर्ब ८२ करोड थियो । दाबी भुक्तानीमा पनि बृद्धि देखिएको छ । कम्पनीले तीन महिनामा बीमितलाई एक अर्ब ६५ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

चुक्ता पूँजी ८ अर्ब २ करोड रहेको कम्पनीको जगेडा कोषमा एक अर्ब १५ करोड रहेको छ । जीवन बीमा कोषमा ५५ अर्ब ३६ करोड जम्मा गर्न सफल कम्पनीले ५६ अर्ब २३ करोड रुपैयाँ लगानी गरेको छ । जीवन बीमा व्यवसाय भित्र्याउने अभिकर्ताले समिक्षा अवधिमा ३६ करोड १ लाख रुपैयाँ कमिशन बुझेका छन् । प्रतिशेयर आम्दानी १२ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया