Nepal Life

सिद्धार्थ बैंकका सिइओ कडेलको वार्षिक तलब भत्ता २ करोड १० लाख, प्रवन्धक तहसम्मका कर्मचारीले बुझे ४५ करोड

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Fri 18:37
सिद्धार्थ बैंकका सिइओ कडेलको वार्षिक तलब भत्ता २ करोड १० लाख, प्रवन्धक तहसम्मका कर्मचारीले बुझे ४५ करोड
Shikhar detail

काठमाडौं । सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले एक वर्षमा २ करोड १० लाख रुपैयाँ पारिश्रमिक, भत्ता तथा अन्य सुविधा बुझेका छन् । त्यस्तै बैंकले नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्याललाई एक करोड ६५ लाख रुपैयाँ तलब भत्ता प्रदान गरेको छ ।

NIMB

बैंकले सार्वजनिक गरेको लेखापरीक्षण प्रतिवेदन अनुसार गत आर्थिक वर्ष २०७९/८० मा सहायक प्रमुख कार्यकारी अधिकृत शेर बहादुर बुढाथोकीलाई एक करोड ४१ लाख रुपैयाँ दिएको छ । नायव महाप्रवन्धकहरुले एकमुष्ठ ३ करोड १५ लाख रुपैयाँ बुझेका छन् ।

यसरी बैंकको उच्च व्यवस्थापन तहका कर्मचारीका लागि मात्रै तलब भत्ता लगायतका सुविधा बापत कुल ४५ करोड रुपैयाँ दिएको छ । बैंकले यहि मंसिर ५ गते २२ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभामा शेयरधनीका लागि भने ४.२१ प्रतिशत लाभांश प्रस्ताव गरिएको छ । जस अनुसार शेयरधनीहरुले कुल ५१ करोड ३१ लाख रुपैयाँ पाउने छन् ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया