Nepal Life

नेपालकै पहिलो र कम प्रिमियममा आजीवन सुरक्षा दिने सूर्यज्योतिको ‘सहि प्लान’ ४० हजारमै २५ लाखको कभरेज

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Fri 19:57
नेपालकै पहिलो र कम प्रिमियममा आजीवन सुरक्षा दिने सूर्यज्योतिको ‘सहि प्लान’ ४० हजारमै २५ लाखको कभरेज
Sanima Reliance

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नेपालकै पहिलो र कम प्रिमियममा आजीवन सुरक्षा दिने ‘सहि प्लान’ सार्वजनिक गरेको छ । यस बीमा योजनाबाट बीमितले आफुले भुक्तानी गरेको बीमा शुल्कको ६ गुणासम्म लाभ पाउन सक्ने छन् । जीवन बीमा महंगो हुँदै गर्दा सूर्यज्योति लाइफले जीवनको महत्वलाई मूल्याङ्कन गर्दै सिमित भुक्तानीबाट असिमित कभरेज हुने गरी सबैका लागि सहि प्लान तयार पारेको छ ।

 

NIMB

यो म्यादी जीवन बीमा योजना हो । म्यादी जीवन बीमा भन्ने वित्तीकै आफुले भुक्तानी गरेको बीमा शुल्क फिर्ता पाइदैन तर यो पोलिसीबाट बीमितले आफु ७० वर्ष भए पछि आफुले भुक्तानी गरेको सम्पुर्ण बीमा शुल्क फिर्ता पाउने छन् ।

कम्पनीले युवा वर्गलाई समेटेर यो बीमा पोलिसी तयार पारेको हो । जसको आश्रयमा सिङ्गै परिवार रहेको हुन्छ । परिवारको जिम्मेवारी काधमा बोकेर हिडेको युवा वर्गलाई आकर्षित गर्दै कम्पनीले सिमित अवधिसम्म बीमा शुल्क भुक्तानी गरेर असिमित लाभ दिने गरी यो योजना बनाएको हो ।

उदाहरण

मानौ, कुनै ३५ वर्षको व्यक्तिले २५ लाख रुपैयाँ बीमाङ्कको यो पोलिसी खरिद गर्यो भने १५ वर्षसम्म वार्षिक ४० हजार ७१९ रुपैयाँ बीमा शुल्क भुक्तानी गर्नु पर्छ । एउटा व्यक्तिको ३५ वर्षदेखि ५० वर्षको अवधि भनेको सबैभन्दा धेरै आम्दानी गर्ने उमेर हो । अव ३५ वर्षको उमेरमा खरिद गरेको यो पोलिसी ५० वर्ष हुँदासम्म वार्षिक ४० हजार ७१९ रुपैयाँका दरले भुक्तानी गर्दा १५ वर्षको अवधिमा कुल ६ लाख १० हजार ७८५ रुपैयाँ भुक्तानी गर्नु पर्छ ।

५० वर्षको उमेरसम्म बीमा शुल्क भुक्तानी गरे पछि उक्त व्यक्तिले आफु ७० वर्षको उमेर हुँदासम्म जोखिम कभर हुने मौका भने पाइरहन्छ । यसरी जीवनको उत्तरार्धको २० वर्षसम्म बीमा शुल्क भुक्तानी नगरी २५ लाखको जोखिम बहन भइरहनु भनेको सामान्य कुरा भएन । जतिवेला बीमा शुल्क भुक्तानी गर्ने क्षमता हुँदैन त्यतिवेला बीमा कम्पनीले जोखिम बहन गरिदिन्छ ।

कम्पनीले यो बीमा पोलिसी २५ लाख र एक करोड रुपैयाँ गरि दुई वटा बीमाङ्कको स्किम तयार पारेको छ । पहिलो २५ लाख बीमाङ्कको हकमा बीमितले ६ लाख १० हजार ७८५ रुपैयाँ बीमा शुल्क भुक्तानी गरेर ७० वर्षको उमेरसम्म ३१ लाख १० हजार ७८५ रुपैयाँको जोखिम बहन हुनेछ ।

त्यस्तै अर्को एक करोडको स्किममा बीमितले १५ वर्षसम्ममा एक लाख ६२ हजार ८७६ रुपैयाँ बीमा शुल्क भुक्तानी गरेर ७० वर्षको उमेरसम्म एक करोड २४ लाख ४३ हजार १४० रुपैयाँको जोखिम बहन हुनेछ ।

थप बीमाशुल्क भुक्तानी गरि निम्न बमोजिम थप सुविधा (हरु) लिन सकिने छ ।

ऐच्छिक सुविधाहरु :

दुर्घटना मृत्यु लाभ (Accidental Death Benefit - ADB):

यो सुविधा मूल बीमाङ्क रकम बराबर वा अधिकतम रु. १,००,००,०००/– सम्म लिन सकिने छ । यदि बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा दुर्घटना मृत्यु लाभ मूल बीमाङ्कमा थप गरि इच्छाइएको व्यक्ति वा बीमितको नजिकको हकवालालाई प्रदान गरिने छ ।

दुर्घटना मृत्यु लाभ,स्थायी अपाङ्ग अशक्त सुविधा तथा बीमाशुल्क छुट सुविधा (Accidental Death Benefit, Total Permanent Disability, Premium Waiver Benefit – ADB, TPD & PWB):

यो सुविधा मूल बीमाङ्क रकम बराबर वा अधिकतम रु. १,००,००,०००/– सम्म लिन सकिने छ । यदि बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा दुर्घटना मृत्यु लाभ मूल बीमाङ्कमा थप गरि इच्छाइएको व्यक्ति वा बीमितको नजिकको हकवालालाई प्रदान गरिने छ । यदि बीमित दुर्घटनाको कारणबाट अङ्गभङ्ग भई स्थायी रुपले अपाङ्ग अशक्त भएमा बीमाशुल्क मिनाहा गरिनुका साथै मासिक आय सुविधा बीमाङ्क बराबर १२० मासिक किस्तामा प्रदान गरिने छ ।

घातक रोग (Critical Illness):

यस सुविधा अन्तर्गत बीमित १८ वा ३५ प्रकारका घातक रोगबाट (रोग परिभाषित गरिए अनुसारको) पीडित भएको निरुपण (Diagnosed) भएमा बीमितलाई एकमुष्ठ रकम प्रदान गरिने छ । यो सुविधा लिन बीमितको उमेर तथा बीमा अवधिको आधारमा थप बीमाशुल्क आवश्यक पर्दछ । यो सुविधा प्रस्तावकको उमेर १८ देखि ५५ वर्ष सम्मको लागि मात्र प्रदान गरिने छ । अधिकतम बीमा अवधि २० वर्ष र अधिकतम बीमा समाप्ती उमेर ६० वर्ष हुनेछ । यो सुविधा मूल बीमाङ्क रकम बराबर वा अधिकतम रु. ५०,००,०००/– सम्म लिन सकिने छ ।

सहुलियत दरमा ऋण लिन सकिने (Policy Loan Facility):

यस बीमालेखमा समर्पण मूल्यको ९०% सम्म कर्जा सुविधा लिन सकिने छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया