Nepal Life

जीवन बीमा अभिकर्ताको परीक्षा मंसिर ४ देखि १५ गतेसम्म सञ्चालन हुँदै

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Sat 09:41
जीवन बीमा अभिकर्ताको परीक्षा मंसिर ४ देखि १५ गतेसम्म सञ्चालन हुँदै
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले यहि मंसिर महिनाका लागि ४ गतेदेखि १५ गतेसम्म अभिकर्ता परीक्षाको सञ्चालन गर्ने भएको छ । बीमा प्राधिकरणले बीमा ऐन २०७९ अनुसार बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजत पत्र दिने व्यवस्था बमोजिम जीवन बीमा अभिकर्ताहरुको लागि मंसिर महिनामा ११ वटा अनलाइन परीक्षा सञ्चालन गर्ने भएको हो ।

NIMB

प्राधिकरणका अनुसार यहि मंसिर ४, ५, ६, ७, ८, १०, ११, १२, १३, १४ र १५ परिक्षा सञ्चालन गर्नेछ । परिक्षा विहान ११ बजेदेखि साढे १२ बजेसम्म चल्नेछ । अभिकर्ताको लाइसेन्स लिन चाहनेले आफुलाई पायक पर्ने मितिका लागि आवेदन दिन सक्छन् । आवेदन पनि अनलाइनबाटै दिन सकिन्छ भने परीक्षा आफ्नै घर वा बीमा कम्पनीले सञ्चालन गरेको परीक्षा केन्द्रमा गएर दिन सकिन्छ ।

परीक्षा सञ्चालन हुने अवधिभर विद्युत तथा इन्टरनेटको पहुँच हुनुपर्नेछ । यदि परीक्षा दिदा दिदै विद्युत वा इन्टरनेट अवरुद्ध भयो र यस अवधिमा उत्तीर्णाङ्क नम्बर प्राप्त हुन सकेन भने पुनः परीक्षा दिनु पर्नेछ । बीमा प्राधिकरणको परीक्षा लिने प्रणालीको सुरुवात सँगै अभिकर्ता बन्न चाहनेहरुमा पढ्ने बानीको भने विकास भएको छ ।

जीवन बीमा कम्पनीहरुले एउटा नागरिकताको फोटको कपि लिएर अभिकर्ताको लाइसेन्स दिने परिपाटीलाई चिर्दै बीमा प्राधिकरणले अनलाइनबाट परीक्षा लिने प्रणालीको विकास गरे सँगै बीमा सम्बन्धी अध्ययन गर्नेको संख्या भने बढेको छ । यसले बीमा क्षेत्रमा प्रवेश गर्न चाहनेले बीमा सम्बन्धी सामान्य जानकारी भने प्राप्त गर्न सक्ने छन् । जसले गर्दा बीमा बजारमा बीमाको सामान्य जानकारी पनि नभएका अभिकर्ताको प्रवेश नहुने प्राधिकरणको विश्वास छ । प्राधिकरणले यस्तो परीक्षा लिदा बीमा कम्पनी तथा सिनियर अभिकर्ताहरु भने सन्तुष्ट छैनन् ।

बीमा प्राधिकरणको यस्तो अभ्यासले गर्दा जीवन बीमा कम्पनीमा अभिकर्तालाई प्रवेश गराउनै झन्झट भएको उनिहरुको भनाइ छ । जीवन बीमा व्यवसाय जति ठुलो अभिकर्ताको सञ्जाल निर्माण भयो त्यति नै व्यवसाय बढ्छ । तर यसले नयाँ अभिकर्ताको प्रवेशमा अवरोध पुर्याएको हुँदा अभिकर्ताको परीक्षा बीमा कम्पनीहरुलाई नै सञ्चालन गर्न दिनु पर्ने उनिहरुको तर्क छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया