Nepal Life

युनाइटेड अजोडले पायो मर्जरको सिनर्जी, सम्पुर्ण सूचकमा उत्साहजनक सुधार

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Sun 21:40
युनाइटेड अजोडले पायो मर्जरको सिनर्जी, सम्पुर्ण सूचकमा उत्साहजनक सुधार
Sanima Reliance

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले मर्जरको सिनर्जी प्राप्त गरेको छ । साविक युनाइटेड र अजोड मर्जर भएर युनाइटेड अजोडले चालु आर्थिक वर्षको त्रैमासमा ३ करोड ८६ लाख ९९ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १८०.०२ प्रतिशतले मुनाफा बढाउन सफल भएको हो । गत वर्षको यहि अवधिमा १ करोड ३८ लाख रुपैयाँ थियो ।

NIMB

लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा मुनाफामा सुधार देखिएको हो । यस्तो आम्दानी ५ करोडबाट बढेर ८ करोड ८५ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, कमिसनबाट हुने आम्दानी पनि बढेको छ । कम्पनीको कुल दावी भुक्तानी ८० करोड ३५ लाख रुपैयाँ रहेको छ । गत वर्ष २१ करोड ८० लाख रुपैयाँ थियो ।

समिक्षा अवधिमा कम्पनीले कुल बीमा शुल्क आर्जन पनि १३८ प्रतिशतले बढाउन सफल भएको छ । असोज मसान्तसम्ममा कम्पनीले ६३ करोड २९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको कम्पनीले गत वर्षको यहि अवधिमा २६ करोड ५० लाख आर्जन गरेको थियो ।

त्यस्तै पुनर्बीमा कम्पनीमा जोखिम हस्तान्तरण गर्ने क्रममा ३९ करोड ७६ लाख रुपैयाँ पुनर्बीमा शुल्क भुक्तानी गरेको छ । पुनर्बीमा शुल्क भुक्तानी गरेर कम्पनीले खुद बीमा शुल्क आर्जन भने २३ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ । मर्जर पछि कम्पनी व्यवसायिक रणनीतिमा आक्रामक देखिएको छ ।

मर्जर अगाडीको दायित्व भुक्तानी गर्ने क्रममा कम्पनीले चालु आर्थिक वर्षको तीन महिनामै ८० करोड ३५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीको दाबी भुक्तानी गत वर्षको तुलनामा २६८ प्रतिशतले बढेको हो । उक्त दाबी भुक्तानी मध्ये पुनर्बीमा कम्पनी मार्फत ६४ करोड २६ लाख रुपैयाँ प्राप्त गरेको छ । कम्पनी आफैले भने १६ करोड २३ लाख रुपैयाँको दायित्व बहन गरेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ १३ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ भने १७१ रुपैयाँ ९१ पैसा रहेको

कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड ४५ लाख ६८ हजार रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङमा ३१ करोड ९३ लाख रुपैयाँ रहेको छ । यो गत वर्षको भन्दा २०३ प्रतिशतले धेरै हो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया