Nepal Life

नेपाल एसबिआई बैंकको लाभांश घोषणा, नगदर र बोनस सहित एक अर्ब ६ करोड वितरण गर्ने

National Life
  • BFIS News
  • 2023 Nov Mon 10:30
नेपाल एसबिआई बैंकको लाभांश घोषणा, नगदर र बोनस सहित एक अर्ब ६ करोड वितरण गर्ने
RBB

काठमाडौं । नेपाल एसबिआइ बैंकले लाभांश दर बढाएको छ । बैंकको मंसिर एक गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १०.५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

NIMB

बैंकले हाल कायम चुक्ता पूँजीको ३.७५ प्रतिशत बोनस शेयर र ६.८० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित)को प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ । हाल बैंकको चुक्ता पूँजी १० अर्ब १२ करोड रुपैयाँ रहेको छ । यसै पूँजीका आधारमा बैंकले एक अर्ब ६ करोड रुपैयाँ वितरण गर्ने भएको हो । जस मध्ये ३० करोड ३६ लाख बोनस शेयर हो भने ७६ करोड २० लाख नगद लाभांश हो । बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी १० अर्ब ४२ करोड पुग्नेछ । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया