Nepal Life

भुक्तानी सेवा प्रदायक संस्थालाई २०८१ असार भित्र ग्राहकको केवाइसी अध्यावधिक गराउन निर्देशन

NMB Bank
  • BFIS News
  • 2023 Nov 20 18:25
भुक्तानी सेवा प्रदायक संस्थालाई २०८१ असार भित्र ग्राहकको केवाइसी अध्यावधिक गराउन निर्देशन
National Life

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई आगामी असार मसान्त भित्र केवाइसी अध्यावधिक गराउन निर्देशन दिएको छ ।

Shikhar
NIMB

राष्ट्र बैंकले जारी गरेका ग्राहक पहिचान (KYC) सम्बन्धी निर्देशनको पूर्णरूपमा परिपालना गरेको हुनुपर्ने छ । ग्राहक पहिचानसम्बन्धी व्यवस्थाबमोजिम पूर्ण रुपमा कागजात तथा विवरण पेश नगरी कारोबार गरिरहेका विद्यमान ग्राहकहरूको हकमा संस्थाले २०८१ असार मसान्तसम्ममा सम्पूर्ण कागजात तथा विवरण लिई ग्राहक पहिचान तथा सम्पुष्टि गर्ने व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाले वालेट सञ्चालन गर्न ग्राहक पहिचानसम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न/गराउन आवश्यक कागजात/विवरणहरूको सूची तयार गरी Online फाराम भर्ने/भराउने तथा अद्यावधिक गर्ने व्यवस्था मिलाउनुपर्ने छ । ग्राहकहरूलाई साविकमा उपलब्ध गराएको सुविधाहरू सम्बन्धित ग्राहकको स्वीकृति बिना बन्द गर्न नपाईने समेत व्यवस्था गरिएको ।

एकीकृत निर्देशनमा उल्लेखित व्यवस्थाहरूको परिपालना नभएमा भुक्तानी तथा फस्र्यौट ऐन, २०७५ को दफा ३७ बमोजिम कारबाही हुने राष्ट्र बैंकले जनाएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया