Nepal Life

बैंकिङ प्रणालीमा निक्षेप थुप्रिए अनुसार कर्जा बढ्न नसक्दा सिडी रेसियो ८१.१४ प्रतिशतमा झर्यो

National Life
  • BFIS News
  • 2023 Nov Wed 17:26
बैंकिङ प्रणालीमा निक्षेप थुप्रिए अनुसार कर्जा बढ्न नसक्दा सिडी रेसियो ८१.१४ प्रतिशतमा झर्यो
RBB

काठमाडौं । बाणिज्य बैंकहरुमा निक्षेप थुप्रिए अनुसार कर्जा विस्तार नहुँदा सिडी रेसियो ८१.१४ प्रतिशतमा झरेको छ । तिहार विदा पछि पहिलो पटक निक्षेप तथा कर्जाको विवरण सार्वजनिक गरेको छ । बैंकिङ प्रणालीमा कुल निक्षेप ५९ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी  ४९ खर्ब ७७ अर्ब रहेको छ ।

NIMB

बाणिज्य बैंकहरुमा मात्रै निक्षेप संकलन ५२ खर्ब ४२ अर्ब पुगेको छ भने कर्जा लगानी ४४ खर्ब ४ अर्ब रहेको छ । तरलता थुप्रिए सँगै अन्तर बैंक व्याजदर पनि २.५३ प्रतिशतमा झरेको छ ।

विगत एक महिनाको अवधिमा निक्षेपको व्याजदर ८.०६ प्रतिशतबाट ७.९ प्रतिशतमा झरेको छ । कर्जाको औषत व्याजदर पनि १२.२३ प्रतिशतबाट १२.११ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ । आधार व्याजदर १०.१४ प्रतिशतबाट ९.९४ प्रतिशत सहित सिङ्गल डिजिटमा झरेको छ ।  

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया