Nepal Life

कुमारी बैंकले जुम्लाको चन्दननाथ नगरपालिकामा सुरु गर्यो नयाँ शाखा सञ्चालन

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Wed 17:59
कुमारी बैंकले जुम्लाको चन्दननाथ नगरपालिकामा सुरु गर्यो नयाँ शाखा सञ्चालन
Shikhar detail

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा जुम्ला जिल्लास्थित वडा नं.०६ चन्दननाथ नगरपालिकामा जुम्ला शाखा २०८० मंसिर ४ गतेबाट सञ्चालनमा ल्याएकोे छ । बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको हो ।

NIMB

बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्याउने योजना बनाएको छ । कुमारी बैंकले आफ्ना देशभर रहेका ३०९ शाखा सञ्जाल, ३१५ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ्ग ईकाईहरु रहेकाे छ । आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने बैंकले प्रतिबद्धता जनाएको छ ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया