Nepal Life

नविल बैंकको लाभांश घोषणा, शेयरधनीलाई २ अर्ब ९७ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने

National Life
  • BFIS News
  • 2023 Nov Thu 10:53
नविल बैंकको लाभांश घोषणा, शेयरधनीलाई २ अर्ब ९७ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने
RBB

काठमाडौं । नविल बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आज विहान साढे ९ बजे बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

NIMB

बैंकले यस वर्ष शेयरधनीलाई कर प्रयोजन सहित कल २ अर्ब ९७ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो । हरेक वर्ष बोनस शेयर दिदै आएको बैंकले यस वर्ष शेयरधनीलाई केहि नगद दिएर बाँकी मुनाफा जगेडा कोषमै जम्मा गर्ने निर्णय गरेको हो । 

हाल बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा २८ अर्ब भन्दा धेरै रकम रहेको छ । बैंकले प्रतिशेयर आम्दानीलाई बलियो बनाउन पनि यस वर्ष नगद लाभांश दिएको हो । यस वर्ष पनि बोनस शेयर दिदा बैंकको प्रतिशेयर आम्दानी कमजोर हुने भएकाले पनि बैंकले यस वर्ष कोष र प्रतिशेयर आम्दानीलाई आकर्षण बनाउने रणनीति बनाएको छ । 

बैंकले घोषणा गरेको प्रस्तुत लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि मात्रै साधारणसभामा पेश गर्न सकिनेछ । साधारणसभाले लाभांश पारित गरेपछि बल्ल शेयरधनीले पाउने छन् । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया