साधारणसभाबाट लाभांश पारित भएको दुई दिनमै सिद्धार्थ बैंकका शेयरधनीको खातामा नगद जम्मा

  • BFIS News
  • 2023 Nov Thu 11:11
साधारणसभाबाट लाभांश पारित भएको दुई दिनमै सिद्धार्थ बैंकका शेयरधनीको खातामा नगद जम्मा

काठमाडौं । सिद्धार्थ बैंकले साधराणसभाबाट लाभांश पारित भएको दुई दिनमै शेयरधनीको हात हातमा नगद लाभांश वितरण गरेको छ । बंंकले मंसिर ५ गतेदेखि नै शेयरधनीलाई लाभांश वितरण गर्न सुरु गरेको थियो । 

बैंकको २२ औँ वार्षिक साधारण सभाले शेयरधनीहरुलाई ४.२१ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सोही अनुसार बैंकले मंसिर ५ गतेदेखि शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरेको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक २१ गते बुकक्लोज गरेको थियो। सो अनुसार कात्तिक २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुको बैंक खातामा सो लाभांश पठाएको हो। बैंकको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार