Nepal Life

नेपाल लाइफ 'नेपालको सर्वोत्कृष्ट जीवन बीमा कम्पनी' विधामा एशिया इन्स्योरेन्स अवार्डबाट सम्मानित

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Fri 05:04
नेपाल लाइफ 'नेपालको सर्वोत्कृष्ट जीवन बीमा कम्पनी' विधामा एशिया इन्स्योरेन्स अवार्डबाट सम्मानित
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चौथो आइसिसी इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२३ बाट सम्मानित भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ICC Emerging Asia Insurance Conclave & Awards 2023 समारोहमा ``Outstanding Performance in the Life Insurance Industry of Nepal´´ बाट सम्मानित भएको हो ।  

NIMB

भारतीय चेम्बर अफ कमर्सले आयोजना गरेको चौथौं अवार्ड समारोहमा नेपालका बीमा कम्पनीहरुलाई पनि सम्मानित गरिएको छ । उक्त सम्मान नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले ग्रहण गरेका थिए । कम्पनीले ‘नेपालको बीमा उद्योगमा सर्वोत्कृष्ट काम गर्ने बीमा कम्पनी’को रुपमा अवार्ड जित्न सफल भएको भन्दै सबैलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । भारतको मुम्बइमा आयोजना भएको समारोहमा प्रमाणपत्र सहित उक्त सम्मान प्रदान गरिएको हो ।

नेपाल लाइफले “किनकि जीवन अमुल्य”  छ भन्ने मुल नारालाई आत्मसाथ गर्दै २२ वर्ष देखी नेपालीहरुको घर दैलोमा जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा प्रवाह गर्दै नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी हो । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना  करिब १ सय ९२ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

नेपाल लाइफ जीवन बीमा कम्पनीहरु मध्ये सर्वाधिक ठुलो कम्पनी हो । चुक्ता पूँजी, बीमितको संख्या, जीवन बीमा कोष, दाबी भुक्तानी लगायतका सूचकमा एक दशक भन्दा लामो समयदेखि कम्पनी अग्रणी कम्पनीको रुपमा स्थापित रहेको छ ।

Indian Chamber of Commerce

Founded in 1925, Indian Chamber of Commerce is the leading and only National Chamber of Commerce having headquarter in Kolkata, and one of the most pro-active and forward-looking Chambers in the country today. Its membership spans some of the most prominent and major industrial groups in India. Indian Chamber of Commerce’s forte is its ability to anticipate the needs of the future, respond to challenges, and prepare the stakeholders in the economy to benefit from these changes and opportunities. Set up by a group of pioneering industrialists led by Mr G D Birla, the Indian Chamber of Commerce was closely associated with the Indian Freedom Movement, as the first organised voice of indigenous Indian Industry. Several of the distinguished industry leaders in India, such as Mr B M Birla, Sir Ardeshir Dalal, Sir Badridas Goenka, Mr S P Jain, Lala Karam Chand Thapar, Mr Russi Mody, Mr Ashok Jain, Mr.Sanjiv Goenka, have led the Indian Chamber of Commerce as its President.

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया