Nepal Life

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सातै प्रदेशमा एकै पटक माग्यो धेरै संख्यामा ट्रेनिदेखि अफसर सम्मका कर्मचारी

National Life
  • BFIS News
  • 2023 Nov Fri 15:08
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सातै प्रदेशमा एकै पटक माग्यो धेरै संख्यामा ट्रेनिदेखि अफसर सम्मका कर्मचारी
RBB

काठमाडौं । सगरमाथा लुम्बिनी 'सलिको' इन्स्योरेन्स कम्पनीले कर्पोरेट कार्यालयदेखि सात वटै प्रदेशमा रहेका शाखा कार्यालयको लागि धेरै संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले आफ्नो व्यवसाय विस्तार गर्ने रणनीति अनुरुप कर्मचारीहरु आह्वान गरेको हो । 

NIMB

मार्केटिङ विभागका लागि केहि ट्रेनी डेभलपमेन्ट अफिसर, डेभलपमेन्ट अफिसर, बरिष्ठ डेभलपमेन्ट अफिसर आह्वान गरिएको छ । यद पदका लागि भर्खरै स्नातक तथा स्नातकोत्तर उत्तीर्ण गरेकाले समेत आवेदन दिन सक्ने छन् । ट्रेनि बाहेकका पदका लागि भने स्नातक उत्तीर्ण गरि बीमा क्षेत्रमा कम्तिमा पनि एकदेखि ३ वर्षको काम गरेको हुनु पर्नेछ । बैंक वित्तीय संस्थामा काम गरेकाले समेत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

मार्केटिङ विभागको लागि जुनियर अफिर, अफिसर तथा सिनियर अफिसर पदका लागि पनि केहि संख्यामा कर्मचारी माग गरिएको छ । यस पदका लागि पनि न्युनतम स्नातक तथा स्नातकोत्तर गरेको हुनु पर्नेछ । बीमा तथा बैंक वित्तीय संस्थामा ३ देखि ५ वर्षको कार्यानुभव भएकाहरुले आवेदन दिन सक्ने छन् ।

मार्केटिङ विभागमै एसिस्टेन्ट म्यानेजर पदका लागि पनि कर्मचारी आह्वान गरिएको छ । केहि संख्यामा आह्वान गरिएको यस पदमा आवेदन दिनका लागि न्युनतम स्नातक तथा स्नातकोत्तर गरि ५ देखि ७ वर्षको कार्यानुभव हुनुपर्नेछ ।

योग्यता पुगेका इन्छुक आवेदकले आजको १५ दिन भित्रमा अनलाइनबाटै आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । आवेदन दिदा आफुले काम गर्न चाहेको प्रदेश, शाखा तथा क्षेत्र खुलाउनु पर्नेछ । आवेदन दिदा आवेदनपत्र, पछिल्लो बायोटाड, नागरिकताको पोटो, सम्पुर्ण शैक्षिक योग्यताको फोटो तथा पासपोर्ट साइजको फोटो सहित कम्पनीको इमेल [email protected] मा पठाउनु पर्नेछ ।

कम्पनीले यति संख्या भनेर नतोके पनि कर्पोरेट कार्यालय तथा सात वटै प्रदेशका लागि भनेकाले धेरै संख्यामा कर्मचारी भर्ना गर्ने भएको हो । मार्केटिङमा पोख्त व्यक्तिले कम्पनीमा जागिर खाने यो राम्रो अवसर हो ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी साविक सगरमाथा र लुम्बिनी मर्जर भएर बनेको कम्पनी हो । मर्जर पछि कम्पनीले आफ्नो व्यवसायलाई थप विस्तार गर्न भइरहेका कार्यालयको क्षमता बढाउने तथा नयाँ शाखा कार्यालय विस्तार गर्ने योजना बनाएको छ । यसका लागि अझै थप जनशक्तिको आवश्यक पर्ने भएकाले कम्पनीले कर्मचारी आह्वान गरेको हो ।  

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया