Nepal Life

विन नेपाल लघुवित्त १० औ वर्षमा प्रवेश, ८ जिल्लामा २१ शाखा मार्फत १२ हजार भन्दा धेरैलाई वित्तीय सेवा प्रवाह

National Life
  • BFIS News
  • 2023 Nov Fri 21:14
विन नेपाल लघुवित्त १० औ वर्षमा प्रवेश, ८ जिल्लामा २१ शाखा मार्फत १२ हजार भन्दा धेरैलाई वित्तीय सेवा प्रवाह
RBB

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था नवौ वर्ष पुरा गरी दशौ वर्षमा प्रवेश गरेको छ । वित्तीय संस्थाले ९ वर्ष अगाडी आजैका दिन अर्थात २०७१ मंसिर ८ गतेदेखि कारोबार शुभारम्भ गरेको थियो ।

NIMB

कारोबार शुभारम्भ भएको छोटो अवधिमै नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने कार्य पश्चात विन नेपाल लघुवित्त वित्तीय संस्था भएको हो । दुई संस्थाको एकिकृत कारोबार २०७८ कार्तिक १५ गतेदेखि भएको थियो ।  संस्थाको औपचारित स्थापना भने २०७० मंसिर १६ गते भएको हो ।

वार्षिकोत्सवको अवसरमा संस्थामा आवद्ध सम्पुर्ण ग्राहक सदस्यहरु, नियामक निकाय, शेयरधनी, लगानीकर्ता, संचालक समिति, कार्यरत सम्पुर्ण कर्मचारीहरु, वित्तीय स्रोत प्रदायक समस्त बैंक तथा वित्तीय संस्थाहरु तथा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने अन्य शुभचिन्तकहरु प्रति संस्थाले कृतज्ञता ज्ञापन गरेको छ ।

हाल संस्थाले २१ वटा शाखा कार्यालय मार्फत काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर र ललितपुरबाट वित्तीय सेवा प्रवाह गर्दै आइरहेको छ । संस्थाको चुक्ता पूँजी ७ करोड ९२ लाख रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमाशिक अवधिमा संस्थाले १५ लाख ४८ हजारले नोक्सान बेहोरेको छ । वित्तीय क्षेत्रमा फैलाइएको भ्रामक सन्देशको सिकार बनेको संस्थाले जटिज परिस्थितिलाई सामना गरिरहेको छ । नेपाल राष्ट्र बैंकले आधार व्याजदरमा २ प्रतिशत भन्दा बढि प्रिमियम लिन नपाउने व्यवस्था सँगै पछिल्लो समय लघुवित्त वित्तीय संस्थाको मुनाफामा प्रभाव परेको हो ।

संस्थाले ८ जिल्लामा २१ वटा शाखा कार्यालय मार्फत १२ हजार ७३१ जना ग्राहक सदश्यहरुलाई वित्तीय सेवा प्रवाह गरिरहेको छ । वार्षिकोत्सवको अवसरमा संस्थाले विभिन्न कार्यक्रहरु आयोजना गरेको छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया