Nepal Life

नेपाल इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनस शेयर घोषणा, साढे २ अर्ब जुटाउन ५५ प्रतिशत हकप्रद आवश्यक

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Sun 10:45
नेपाल इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनस शेयर घोषणा, साढे २ अर्ब जुटाउन ५५ प्रतिशत हकप्रद आवश्यक
Sanima Reliance

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो । 

NIMB

प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृती र आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण हुनेछ । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ४८ करोड रुपैयाँ रहेको छ । प्रस्तावित १० प्रतिशत अर्थात १४ करोड ८९ लाख रुपैयाँ वितरण पश्चात एक अर्ब ६३ करोड पुग्नेछ । 

नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी साढे २ अर्ब पुर्याउन कम्पनीलाई अझै ८७ करोड आवस्यक पर्नेछ । बोनस शेयर वितरण पछि पनि कम्पनीले ५३ प्रतिशत भन्दा धेरै हकप्रद शेयर निष्काशन गर्नु पर्ने देखिन्छ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया