Nepal Life

तीन महिनामा बैंक वित्तीय संस्थाको मुनाफा १४ अर्ब ८६ करोड, कसको कति (सूचिसहित)

National Life
  • BFIS News
  • 2023 Nov Sun 15:27
तीन महिनामा बैंक वित्तीय संस्थाको मुनाफा १४ अर्ब ८६ करोड, कसको कति (सूचिसहित)
RBB

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा बैंक वित्तीय संस्थाले १४ अर्ब ८६ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको यहि अवधिमा बैंक वित्तीय संस्थाहरुको मुनाफा २० अर्ब ३१ करोड रुपैयाँ थियो । एक वर्षको अवधिमा बैंकहरुको मुनाफा २६.८२ प्रतिशतले घटेको छ ।

NIMB

मर्जर तथा खराव कर्जाले गर्दा बैंकहरुको मुनाफामा भारि गिरावट देखिएको हो । यस अवधिमा बाणिज्य बैंकहरु विच धेरै वटा मर्जर भयो । मर्जर सँगै बैंकहरुले मुनाफामा भने खासै सुधार गर्न सकेका छैनन् । बरु मर्जरमा नगएका बैंकहरुले यस वर्ष राम्रो मुनाफा आर्जन गरेका छन् ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा कृषि बैंकको मुनाफा ऋणात्मक देखिएको छ । यसले पनि मुनाफामा भारि गिरावट देखिएको हो । यस वर्ष बैंकहरु प्रोभिजनिङको सिकार भएका छन् ।

यस अवधिमा सर्वाधिक धेरै मुनाफा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले एक अर्ब ५२ करोड आर्जन गरेको छ । त्यस्तै अर्ब भन्दा धेरै मुनाफा आर्जन गर्नेमा नविल बैंक एक अर्ब ४६ करोड, ग्लोबल आइएमई एक अर्ब २२ करोड, प्राइम एक अर्ब १५ करोड, हिमालयन बैंक एक अर्ब ५ करोड, प्रभु बैंक एक अर्ब ३ करोड, एनआइसी एशियाको एक अर्ब एक करोड रुपैयाँ रहेको छ । त्यस्तै एनएमबी बैंकको ९६ करोड ३२ लाख रुपैयाँ रहेको छ ।

कुन बैंक वित्तीय संस्थाको मुनाफा कति ?

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया