Nepal Life

नेशनल लाइफले काठमाडौं इन्ष्टिच्युट अफ चाइल्ड हेल्थलाई तीन वर्षसम्म आर्थिक सहयोग गर्ने

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Mon 15:45
नेशनल लाइफले काठमाडौं इन्ष्टिच्युट अफ चाइल्ड हेल्थलाई तीन वर्षसम्म आर्थिक सहयोग गर्ने
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आगामी तीन वर्षसम्म आर्थिक सहयोग गर्ने भएको छ । आज नेशनल लाईफ इनस्योरेन्स कम्पनी लि. र काठमाण्डौ इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थ (Kathmandu Institute of Child Health) बिच आज सम्झौता भएको हो ।

NIMB

बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ मा हाल निर्माणाधिन २०० बेड क्षमताको गैह्र नाफा मूलक बाल अस्पताल निर्माण परियोजनाका लागि नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ३ वर्षसम्म प्रति वर्ष रु.२५ लाखका दरले वित्तिय सहयोग उपलव्ध गराउने भएको हो । 

आज एक समारोहका बिच प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र इन्ष्टिच्यूटको तर्फबाट संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोईरालाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा हस्ताक्षर गर्दै कार्यकारी प्रमुख सुरेश प्रसाद खत्रीले पहिलो किस्ता रकम रु २५ लाख को चेक पनि सो संस्थालाई हस्तान्तरण गरेका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया