Nepal Life

किन गर्ने जीवन बीमा ? बिक्री कलाका लेखक कमलबहादुर पाण्डेका २० सुझाव

Global Ime detail Page
  • कमलबहादुर पाण्डे
  • 2023 Nov Tue 05:14
किन गर्ने जीवन बीमा ? बिक्री कलाका लेखक कमलबहादुर पाण्डेका  २० सुझाव
Sanima Reliance

काठमाडौं । हामी मोटरसाइकल चढ्दा हेलमेट लगाउछौ । गाडीमा बस्दा सिटबेल्ट बाध्छौ । पौडी खेल्दा लाइफ ज्याकेट लगाउछौ । साना नानी बाबुहरुको हात समाएर हिड्छौ । यि सबै सम्भावित दुर्घटनाबाट हुने क्षतिलाई न्युनिकरण गर्न अपनाइने सुरक्षाका उपायहरु हुन् । यस्तै जुत्ता लगाउनु, कपडा लगाउनु पनि सुरक्षा भित्रका उपायहरु नै हुन् । यो काम शरीरको सुरक्षाका लागि हामीले गरिरहेका हुन्छौ र जीवनमा हर समय हामी कुन न कुनै प्रकारले सुरक्षाका उपायहरु अपनाइ नै रहेका हुन्छौ । त्यसैगरी हामीले पनि हाम्रो र परिवारको जीवन बीमा अनिवार्य गर्नुपर्छ ।

NIMB

किन गर्ने जीवन बीमा

• कुनै पनि घटना वा दुर्घटनामा पर्न सक्ने क्षतिबाट सुरक्षण प्रदान गरी दायित्व निर्वाह गर्न ।

• भविष्यमा आइपर्ने सम्भावित आर्थिक दुर्घटननाबाट जोखिम बहन गर्ने ।

• भविष्यका लागि बचत तथा भरपर्दो लगानी गर्ने ।

• अकल्पनीय घटना भए परिवारका सदस्यलाई बीमा कम्पनीले आर्थिक क्षतिपूर्ती प्रदान गर्ने भएकाले ।

• ऋण भारबाट मुक्त हुन ।

• फजुल खर्चबाट जोगिन, बचत गर्ने बानीको विकास हुने भएकाले ।

• बढेसकालको सहारा भएकाले ।

• बालबच्चाको सहारा भएकोले ।

• अनिवार्य बचत गर्ने बानीको विकास गर्ने ।

• आश्रितहरुको भलाइको लागि ।

• देश विकासमा टेवा पुग्ने भएकोले ।

• रोजगारीको अवसर प्राप्त हुने भएकाले ।

• ऋण लिने सुविधा प्राप्त गर्ने ।

• सर्वोत्तम बचत भएकाले ।

• जागिरेहरुका लागि करमा ४० हजार छुट हुने भएकाले । 

• परिवारको स्वस्थ र जो माथिको आश्रित छौ उसको बीमा गर्ने ।

• नियमित तिर्न सक्ने प्रिमियम र भुक्तानी तरिका निक्यौल गर्ने ।

• उचित बीमा योजना रोज्ने, शर्त र पाउने सुविधा राम्ररी बुझाउने ।

• राम्ररी पढैर पोलिसीमा सहि गर्ने र A/C चेकबाट भुक्तानी गर्ने ।

• उचित सल्लाह र नियमित सम्पर्क गर्ने विश्वासिलो अभिकर्ता रोज्ने । 

(बिक्री कलाका सर्जक तथा लेखक पाण्डे बीमा क्षेत्रका एक सफल ट्रेनर हुन् । उनले बैंक बीमा तथा वित्तीय क्षेत्रमा काम गर्नेहरुलाई लक्षित गरेर बहुचर्चित बिक्री कला पुस्तक लेखेका छन् । उल्लेखित विषयवस्तु उनकै पुस्तकबाट लिइएको हो ।)

यो पनि पढ्नुहोस

बैंक बीमा कम्पनीका सिइओदेखि कर्मचारी र अभिकर्ताले पढ्दै पर्ने पुस्तक ‘बिक्री कला’, पाठकको प्रतिक्रिया सहित

जीवन बीमा पोलिसीको सरेण्डर किन हुन्छ ? सय भन्दा धेरैको प्रतिक्रिया सहित यस्ता छन् कारण

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

  • Yamakanta Nyaupane
    Nov 29 2023
    Good tips I agree with it. Yamakanta Nyaupane MDRT and Senior Agency Manager Suryajyoti life insurance Company Limited
  • Yamakanta Nyaupane
    Nov 29 2023
    Good tips I agree with it. Yamakanta Nyaupane MDRT and Senior Agency Manager Suryajyoti life insurance Company Limited