Nepal Life

ग्लोबल आइएमई बैंककाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, ३ अर्ब २१ करोड वितरण गर्ने

NMB Bank
  • BFIS News
  • 2023 Nov 28 10:19
ग्लोबल आइएमई बैंककाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, ३ अर्ब २१ करोड वितरण गर्ने
National Life

काठमाडौं । ग्लोबल आइएमई बैंकले घोषणा गरेको लाभांश आजसम्म शेयर खरिद गर्ने वा आजसम्म कायम शेयरधनीले पाउने छन् । बैंकले भोलि एक दिन साधारणसभा प्रयोजनका लागि बुक क्लोज गर्दैछ । बुक क्लोज पछि शेयर खरिद गर्नेले बैंकले प्रस्ताव गरेको लाभांश पाउदैनन् । 

Shikhar
NIMB

बैंकले यहि मंसिर २८ गते बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा १७ औँ वार्षिक साधारण सभाको आह्वान गरेको छ । बैंकले यस भन्दा अगाडी घोषणा गरेको लाभांश पारितका लागि सधारणसभामा पेश गर्दैछ । 

सभाले हाल कायम चुक्ता पूँजीको १ प्रतिशतका दरले बोनस शेयर र कर सहित ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण शेयरधनीको समूहबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १३ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले नगद र बोनस शेयरका लागि तीन अर्ब २१ करोड रुपैयाँ वितरण गर्नेछ । रकमका हिसावले बैंकले अहिलेसम्मकै सर्वाधिक धेरै लाभांश दिन थालेको हो । मर्जर पछि चुक्ता पूँजी धेरै भएकाले पनि प्रतिशत भने कम देखिएको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरे पछि मात्रै सधारणसभाका लागि पेश गर्न सक्नेछ । साधारणसभाले पारित गरेपछि बल्ल शेयरधनीले प्राप्त गर्ने छन् । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया