Nepal Life

व्यवसाय विस्तारमा प्रभु महालक्ष्मी र आइएमई सर्वाधिक आक्रामक, चार महिनामा कुल बीमा शुल्क आर्जन झण्डै ५० अर्ब

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Thu 05:09
व्यवसाय विस्तारमा प्रभु महालक्ष्मी र आइएमई सर्वाधिक आक्रामक, चार महिनामा कुल बीमा शुल्क आर्जन झण्डै ५० अर्ब
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा जीवन बीमा कम्पनीहरुले झण्डै ५० अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । चार महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले ८ अर्ब ६२ करोड रुपैयाँ प्रथम बीमा शुल्क र ४० अर्ब ८१ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेका छन् ।

NIMB

दशै तिहार विदाको बाबुजुद पनि कात्तिक महिनामा जीवन बीमा कम्पनीहरुले एक अर्ब ९० करोड प्रथम बीमा शुल्क आर्जन गरेका छन् भने ६ अर्ब ७३ करोड नविकरण बीमा शुल्क सहित कुल ८ अर्ब ६३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

कसको बीमा शुल्क आर्जन कति

कार्तिक महिनासम्ममा सर्वाधिक धेरै नेपाल लाइफले १३ अर्ब ४३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले गत वर्षको यहि अवधिम १२ अर्ब ९१ करोड बीम शुल्क आर्जन गरेको थियो । दोस्रो धेरै बीमा शुल्क आर्जन लाइफ इन्स्योरेन्स कर्पोरेसनले ५ अर्ब ५६ करवड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिम कम्पनीले ५ अर्ब ७६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै मर्जर पछि शक्तिशाली बनेको हिमलायन लाइफले कात्तिक महिनासम्ममा ५ अर्ब ३६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै नेशनल लाइफले ५ अर्ब २९ करोड रुपैया बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै राष्ट्रिय बीमा कम्पनीले ४ अर्ब २३ करोड रुफैया बीमा शुल्क आर्जन गरेको छ ।

कसको बृद्धिदर कति ?

चालु आर्थिक वर्षको चार महिनाको व्यवसाय र गत वर्षको यहि अवधिको व्यवसाय सँग तुलना गर्दा सर्वाधिक धेरै बृद्धिदर राष्ट्रिय जीवन बीमा कम्पनीको देखिन्छ । राष्ट्रिय जीवन बीमा कम्पनीले गत साउनमा निजामति कर्मचारीको एकै पटक जीवन बीमा पोलिसी मार्फतको नविकरण बीमा शुल्क आर्जन संकलन गर्दा यति धेरै बृद्धिदर देखिएको हो ।

त्यस्तै निजि स्तरका जीवन बीमा कम्पनी मध्ये सर्वाधिक धेरै बृद्धिदर प्रभु महालक्ष्मी लाइफको रहेको छ । चार महिनाको अवधिमा कम्पनीको जीवन बीमा व्यवसायको बृद्धिदर १४.४३ प्रतिशत रहेको छ । जवकी समग्र जीवन बीमा कम्पनीहरुको व्यवसायिक बृद्धिदर नै ७.४४ प्रतिशत रहेको छ ।

मर्जर हुनुभन्दा अगाडी गएको कात्तिकमा प्रभु र महालक्ष्मीको कुल व्यवसाय एक अर्ब २० करोड थियो । मर्जर पश्चात प्रभु महालक्ष्मी लाइफको एक अर्ब ३७ करोड रहेको छ ।

त्यस्तै व्यवसाय बृद्धिमा आइएमई लाइफ पनि आक्रामक देखिएको छ । कम्पनीले समिक्षा अवधिमा १३.२४ प्रतिशतले व्यवसाय बढाउन सफल देखिएको छ । कम्पनीले कात्तिकसम्ममा एक अर्ब ३० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । बृद्धिदरमा सर्वाधिक धेरै सन नेपाल लाइफ र सूर्यज्योति लाइफ खुम्चिएका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया