Nepal Life

नेपाल लाइफको बजार हिस्सा सर्वाधिक धेरै, कुल बीमा शुल्क आर्जनको २७.१८ प्रतिशत ओगट्न सफल

Global Ime detail Page
  • BFIS News
  • 2023 Nov Thu 05:35
नेपाल लाइफको बजार हिस्सा सर्वाधिक धेरै, कुल बीमा शुल्क आर्जनको २७.१८ प्रतिशत ओगट्न सफल
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क आर्जनमा सर्वाधिक धेरै बजार हिस्सा ओगट्न सफल रहदै आएको छ । चालु आर्थिक वर्षको चार महिनाको कुल जीवन बीमा व्यवसाय तर्फ नेपाल लाइफ एक्लैले २७.१८ प्रतिशत ओगट्न सफल देखिएको छ ।

NIMB

जीवन बीमा इन्ड्रस्ट्रिमै कुल बीमा शुल्क आर्जन ४९ अर्ब ४३ करोड रहेको छ । जसमा नेपाल लाइफ एक्लैको १३ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । कम्पनीहरु मर्जर हुँदा पनि नेपाल लाइफलाई अहिलेसम्म कुनै पनि कम्नपीले उछिन्न सकेका छैनन् । मर्जर पश्चात दुई कम्पनीहरुको व्यवसाय मात्रै जोडिदा खासै सिनर्जी देखिन सकेको छैन । यसले गर्दा नेपाल लाइफले आफ्नो बजार हिस्सालाई कायम राख्न सफल देखिएको हो ।

कम्पनीको प्रथम बीमा शुल्क आर्जन तर्फ २४.५० प्रतिशत बजार हिस्सा रहेको छ । त्यस्तै नविकरण बीमा शुल्क तर्फ २७.७५ प्रतिशत हिस्सा रहेको छ । चार महिनाको अवधिमा कम्पनीले २ अर्ब ११ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ भने नविकरण बीमा शुल्क आर्जन ११ अर्ब ३२ करोड रहेको छ ।

दशै तिहारका कारण अधिकाम्स दिन बिदा रहेको कार्तिक महिनामा समेत नेपाल लाइफले प्रथम बीमा शुल्क आर्जन बढाउन सफल देखिएको छ । कार्तिक महिनामा कम्पनीले ५० करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । चालु आर्थिक वर्षमा कम्पनीले व्यवसाय विस्तारमा आक्रामक रणनीति अवलम्बन गरेको छ । जसले गर्दा चरम आर्थिक मन्दीमा पनि जीवन बीमा कम्पनीहरुकै समग्र बृद्धिदरमा टेवा पुर्याइरहेको छ । 

नेपाल लाइफले पछिल्लो आफ्ना पुराना बीमितलाई पुनर्ताजगी गराउने रणनीति लिएको छ । पोलिसी परिपक्वता सँगै परिपक्व भएका बीमितका परिवारका अन्य सदश्यलाई थप बीमा गराउदै आफ्नो व्यवसायलाई थप विस्तार गर्न सफल देखिएको छ । अर्को तर्फ नेपाल लाइफले बीमितलाई दिएको बोनस तथा प्रतिफल अन्य कम्नपीको तुलनामा धेरै राम्रो देखिएकाले पनि बीमितको आर्षण पनि बढ्दै गइरहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया