Nepal Life

नबिल बैंकले डाक्यो ३९ औं साधारणभा, पुस १३ गते शेयरधनीका लागि ११ प्रतिशत लाभांश पारित गर्दै

National Life
  • BFIS News
  • 2023 Nov Thu 11:23
नबिल बैंकले डाक्यो ३९ औं साधारणभा, पुस १३ गते शेयरधनीका लागि ११ प्रतिशत लाभांश पारित गर्दै
RBB

काठमाडौं । नबिल बैंक लिमिटेडेले पुस १३ गते वार्षिक साधारण सभा डाकेको छ । बैंकले ३९ औं वार्षिक साधारणभाका लागि आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान १० बजे बोलाएको छ । 

NIMB

सभामा बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।  बैंकले बुक क्लोज मिति भने सार्वजनिक गरेको छैन । 

बैठकले यस भन्दा अगाडी नै चुक्ता पूँजीको ११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । बैंकले यस वर्ष शेयरधनीलाई कर प्रयोजन सहित कल २ अर्ब ९७ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो । हरेक वर्ष बोनस शेयर दिदै आएको बैंकले यस वर्ष शेयरधनीलाई केहि नगद दिएर बाँकी मुनाफा जगेडा कोषमै जम्मा गर्ने निर्णय गरेको हो । 

हाल बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोषमा २८ अर्ब भन्दा धेरै रकम रहेको छ । बैंकले प्रतिशेयर आम्दानीलाई बलियो बनाउन पनि यस वर्ष नगद लाभांश दिएको हो । यस वर्ष पनि बोनस शेयर दिदा बैंकको प्रतिशेयर आम्दानी कमजोर हुने भएकाले पनि बैंकले यस वर्ष कोष र प्रतिशेयर आम्दानीलाई आकर्षण बनाउने रणनीति बनाएको छ । 

बैंकको प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइसकेकाले साधारणसभाको मिति तय गरेको हो । साधारणभाले लाभांश पारित गरे पछि शेयरधनीले प्राप्त गर्ने छन् । 

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया