NIMB Header 2
Nepal Life

चौधरी समूहको सिजी डिजिटलको २३औं मल्टीब्रान्ड शोरुम भक्तपुरको गट्ठाघरमा

National Life
  • BFIS News
  • 2023 Jul 08 05:12
चौधरी समूहको सिजी डिजिटलको २३औं मल्टीब्रान्ड शोरुम भक्तपुरको गट्ठाघरमा
Sanima Reliance

काठमाडौं। चौधरी ग्रुपको सीजी डिजिटलले नयाँ मल्टीब्रान्ड शोरुमको २३औं शाखा भक्तपुरको गट्ठाघरमा खोलिएको छ।
एमालेका पूर्व सांसद महेश बस्नेतले बुधबार शोरुमको उद्घाटन गरेका छन्।

Shikhar
NIMB

सिजी डिजिटलको शोरुममा विभिन्न विश्व उत्कृष्ट ब्रान्डहरु एलजी, सिजी, गोदरेज, सेन्सेइ, क्रम्पटनलगायतका घरायसी विद्युतीय सामाग्रीहरु रहने बताइएको छ।

सिजी डिजिटलको शोरुम, गट्ठाघर चोकको मुख्य व्यापारिक केन्द्रमा पर्छ जहाँ नि:शुल्क पार्किङको पनि व्यवस्था रहेको छ।
भक्तपुरको स्थानीय बजारमा आफ्ना सामानहरुको प्रदर्शन र सुपत मूल्यमा बिक्री वितरण तथा अन्तर्राष्ट्रियस्तरको ग्राहकको सेवा, विशेष जानकारी तथा प्रयोग बारे शिक्षा प्रदान गराउने उद्देश्यसहित यो शोरुम संचालन गरिएको कम्पनीले जनाएको छ।

शोरुम हप्ताको सातै दिन बिहान १० बजेदेखि साँझ ७:३० बजेसम्म संचालन हुने छ। शोरुम ओपेनिङमा कम्पनीले विशेष छुट पनि दिइरहेको छ।

शून्य प्रतिशत किस्ताबन्दी, फ्री गिफ्टका साथै एक्सचेन्ज अफरको सुविधासमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ।
चौधरी ग्रुपले काठमाडौंलगायत इटहरी, हेटौंडा, भरतपुर, विराटनगर र पोखरामा पनि सिजी डिजिटल शोरुम संचालन गरिरहेको छ। आगामी दिनमा अझै धेरै शाखाहरु देशका विभिन्न सहरमा बिस्तार गरिने पनि कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया