नेपालमा धेरै बिक्री हुने ब्रान्ड बजाजले ट्रायम्फको सहकार्यमा बनाएको बाइक सार्वजनिक

  • BFIS News
  • 2023 Jul Sun 06:50
नेपालमा धेरै बिक्री हुने ब्रान्ड बजाजले ट्रायम्फको सहकार्यमा बनाएको बाइक सार्वजनिक

काठमाडौं। नेपालमा धेरै बिक्री हुने बाइक बजाज कम्पनी र ट्रायम्फको सहकार्यमा निर्माण गरिएको बाइक बेलायतमा सार्वजनिक भएको छ। यी दुई कम्पनीहरुले दुईवटा मोडलका बाइक उत्पादन गरेका छन्। 

कम्पनीले यी मोटरसाइकललाई भारतमा जुलाई ५ मा लन्च गर्ने गरी समय तोकेको छ। यी मोटरसाइकललाई बजाजको प्लान्टमा उत्पादन गरी विश्वभर निर्यात गर्ने ट्रायम्फको योजना छ।

कम्पनीले मोर्डन क्लासिक रोडस्टार स्टाइको स्पीड ४०० र अर्को डुअल स्पोर्ट सेग्मेन्टको स्क्र्याम्व्लर ४०० रहेको जनाएको छ। कम्पनीका अनुसार यी बाइक बेलायतको हिंकलेमा डिजाइन र विकास गरिएको हो।

दुबै मोटरसाइकलमा ३९८ सिसी क्षमताको लिक्विड कुल्ड टीआर सिरीज इन्जिन उपलब्ध छ। जसको अधिकतम  हर्सपावर  ३९.५ एचपी र टर्क ३७.५ एनएमसम्म उत्पादन गर्न सक्छ। यसमा टर्क एसिस्ट क्लच सहितको ६ स्पिड गियरवक्स उपलब्ध रहेको कम्पनीले जनाएको छ।

मोटरसाइकलमा डुअल च्यानल एबीएस र एलसिडी स्क्रिनसहितको ठूलो एनालग इन्स्ट्रयूमेन्ट कन्सोल, ह्यान्डल बार माउन्टेड स्क्रोल बटन र यूएसबी चार्जिङ पोइन्ट लगायत फिचर पाउन सकिन्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया