NIMB Header 2
Prabhu Mahalaxmi

धेरै चार्जिङ नेटवर्क भएको सिप्रदीले थप ३ स्थानमा फाष्ट चार्जर राख्ने, नेक्सन र टियागोलाई सहज

United Ajod
  • BFIS News
  • 2023 Jul 02 06:55
धेरै चार्जिङ नेटवर्क भएको सिप्रदीले थप ३ स्थानमा फाष्ट चार्जर राख्ने, नेक्सन र टियागोलाई सहज
IME LIFE

काठमाडौं। टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले थप तीन स्थानमा फाष्ट चार्जर थप्ने योजना बनाएको छ । कम्पनीले इटहरी, ढल्केबर र चितवनमा नयाँ फाष्ट चार्जिङ स्टेसन थप्न लागिएको जनाएको छ।

Nepal Life
NIMB

कम्पनीले हालसम्म २० वटा फाष्ट चार्जिङ स्टेसनको नेटवर्क खडा गरिसकेको जनाएको छ। यस्तै एसी चार्जरहरुको नेटवर्क पनि ३०० भन्दा बढी स्थानहरुमा अहिले संचालन भइरहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार अहिले मेची, इटहरी, लाहन, बर्दिबास, खुर्कोटमा दुई वटा, सिमरा, हेटौडा, नारायणगढ, मलेखु, चुम्लिङटार, धार्केमा २ वटा, बालकुमारी, बाग्डोल, पोखरा, भैरहवा, दाङ, नेपालगंज र धनगढीमा चार्जिङ स्टेशन संचालनमा छन्।
यस्तै, ३०० वटा भन्दा धेरै सामान्य एसी चार्जर भने नेपालभरी रहेका विभिन्न होटेल तथा मुख्य सहरमा जडान गरिएको कम्पनीले जनाएको छ। कम्पनीले सर्भिसिङको नेटवर्क पनि बढाएको छ।

इभी गाडी मर्मत गर्ने इन्जिनियरहरुका लागि ट्रेनिङ सेन्टर पनि निर्माण गरेर संचालनमा ल्याएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया