नयाँ बिक्रेता भीमसरिया ग्रुपले सुरु गर्‍यो भेस्पा र अप्रिलिया स्कुटरको बिक्री, कति पर्छ?

  • BFIS News
  • 2023 Jul Sun 06:51
नयाँ बिक्रेता भीमसरिया ग्रुपले सुरु गर्‍यो भेस्पा र अप्रिलिया स्कुटरको बिक्री, कति पर्छ?

काठमाडौं। भेस्पा र अप्रिलिया ब्रान्डको नयाँ बिक्रेता भीमसरिया ग्रुपले नेपालमा स्कुटर बिक्री सुरू गरेको छ। उक्त ग्रुप अन्तर्गतको डेल्टा अटोकर्प कम्पनीले भेस्पा र अप्रिलियाको बिक्री सुरू गरिएको जनाएको छ। 

यसअघि दुगड ग्रुपले भेस्पा र अप्रिलियाको बिक्री वितरण गर्दै आएको थियो। तर पछि उत्पादक कम्पनीले राम्रो सेल्स गर्न नसकेको भन्दै विकल्पका रुपमा भीमसरिया ग्रुपलाई आधिकारिक बिक्रेताको जिम्मेवारी दिएको थियो। त्यसपछि नयाँ बिक्रेता यसको सेल्स र सर्भिसिङ नेटवर्क विस्तारमा एग्रेसिभ देखिएको छ। 

कम्पनीले नयाँ धेरै डिलर र सर्भिस सेन्टरहरु पनि थपिएको जनाएको छ। यसको पुराना डिलरहरु पनि यही कम्पनीसँग रहेको जनाएको छ। 

भेस्पाका ९ वटा भेरियन्टमा स्कुटरहरु नेपाली बजारमा ल्याएको छ भने अप्रिलियाको ५ वटा भेरियन्ट बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ। कम्पनीले १२५ सीसी र १५० सीसीका स्कुटर बिक्री गर्दै आएको छ।

नयाँ मूल्यसूची अनुसार भेस्पाको मूल्य अब नेपालमा ३ लाख २ हजारदेखि ४ लाख ४४ हजार रुपैयाँसम्म कायम भएको कम्पनीले जनाएको छ। यस्तै अप्रिलियाको २ लाख ७९ हजारदेखि ४ लाख ६५ हजार रुपैयाँसम्म निर्धारण गरिएको कम्पनीले जानकारी दिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार