Nepal Life

सिटिजन लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम प्रतिहजार ७७ रुपैयाँसम्म पाउने

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Mon 11:56
सिटिजन लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम प्रतिहजार ७७ रुपैयाँसम्म पाउने
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९/८० का लागि नयाँ बोनसदर घोषणा गरेको छ । जीवन बीमा कम्पनीहरु मध्ये सिटिजन लाइफ यस वर्ष लाभांश घोषणामा पहिलो भएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० को बीमाङ्कीय मूल्याङ्कन पछि बीमितका लागि नयाँ बोसदर निर्धारण गरेको हो । 

NIMB

कम्पनीले गत आर्थिक वर्षका लागि न्युनतम प्रतिहजार २५ रुपैयाँदेखि अधिकतम प्रतिहजार ७७ रुपैयाँसम्मको नयाँ बोनसदर निर्धारण गरेको छ । कम्पनीबाट ३० वर्ष वा सो भन्दा बढी अवधिको जीवन बीमा पोलिसी खरिद गर्ने बीमितले सर्वाधिक धेरै प्रतिहजार ७७ रुपैयाँसम्म पाउने छन् । त्यस्तै ९ वर्ष वा सो भन्द कम अवधिको वार्षिक अग्रिम भुक्तानी जीवन बीमा पोलिसी खरिद कर्ताले भने सबैभन्दा कम २५ रुपैयाँ मात्रै पाउने छन् । 

जीवन बीमा पोलिसी जति लामो अवधिको खरिद गर्न सक्यो त्यति नै धेरै बोनसदर प्राप्त गर्न सकिन्छ । तर अग्रिम भुक्तानी सावधिक जीवन बीमा पोलिसीमा भने तुलनात्मक रुपमा कम बोनदर निर्धारण हुन्छ । 

सिटिजन शुभारम्भ योजना, यो योजना खरिद गर्ने बीमितले न्यनुतम प्रतिहजार ३९ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म पाउने छन् । सावधिक रेगुलर जीवन बीमा, सिटिजन बाल भविष्य योजना, सावधिक तथा आजीवन बीमालेखमा पनि बीमितले आकर्षक बोनसदर पाउने छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया