Nepal Life

सिटी एक्सप्रेस मनी ट्रान्सफर राष्ट्रिय अपाङ्ग कोषद्धारा सम्मानित

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Mon 14:49
सिटी एक्सप्रेस मनी ट्रान्सफर राष्ट्रिय अपाङ्ग कोषद्धारा सम्मानित
Sanima Reliance

काठमाडौं । मङ्सिर १७ गते अपाङ्गता भएका व्यत्तिहरुको ३२औं अन्तराष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषद्वारा सम्मान गरेको छ । उक्त सम्मान, कार्यक्रमका प्रमुख अतिथी, शहरी बिकास मन्त्री सिता गुरुङद्वारा हस्तान्तरण गरिएको थियो ।

NIMB

गत बैशाखमा सिटी एक्सप्रेस मनी ट्रान्सफरद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय अपाङ्ग कोषलार्ई रु ५ लाख रकम सहयोग गरेको थियो । सिटी एक्सप्रेस मनी ट्रान्सफरले राष्ट्रिय अपाङ्ग कोषसँग सहकार्य गरि बैदेशिक रोजगारीका क्रममा  अपाङ्गता भएकाहरुलाई सेवा पुर्याउने उद्देश्यले राष्ट्रिय अपाङ्ग कोषलार्ई  उक्त रकम सहयोग गरेको थियो ।  

राष्ट्रिय अपाङ्ग कोषले वार्षिक  १५०० अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक सहयोग सामाग्री तथा अन्य आवश्यक सहायक सामग्री उत्पादन एवं वितरण गर्नुका साथै गुणस्तरिय फिजियोथेरापी, अकुपेशनल र परामर्श सेवा उपलब्ध गराउदै आएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले समाजमा सकरात्मक परिवर्तन ल्याउने हेतुले सामाजिक उत्तरदायित्व अन्तर्गत थुप्रै संघ संस्थाहरुलाई सहयोग प्रदान  गर्दै आइरहेको छ । 

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया