Nepal Life

गभर्नर अधिकारीको तलब भत्ता पहिलो वर्षको भन्दा दोब्बरले बढ्यो, गत वर्ष बुझे ६० लाख ९१ हजार

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Mon 18:36
गभर्नर अधिकारीको तलब भत्ता पहिलो वर्षको भन्दा दोब्बरले बढ्यो, गत वर्ष बुझे ६० लाख ९१ हजार
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नियुक्ति भएको वर्षको तुलनामा गत आर्थिक वर्षमा तलब भत्ता झण्डै दोब्बर बढि बुझेका छन् । गभर्नर अधिकारीले गत आर्थिक वर्ष २०७९/८० मा तलब बापत १६ लाख ३२ हजार रुपैयाँ प्राप्त गरेका हुन् ।

 

NIMB

अधिकारीले गएको वर्ष बैठक भत्ता बापत ४ लाख १४ हजार र विभिन्न सेवा सुविधा तथा भत्ता बापत उनले ४० लाख ४५ हजार रुपैयाँ प्राप्त गरेका छन् । तलबबापत १४ लाख १८ हजार ४००, सञ्चालक समिति भत्ताबापत तीन लाख पाँच हजार तथा अरू भत्ता एवं सुविधाबापत ३१ लाख ८१ हजार ८५५ रुपैयाँ बुझेका थिए ।

यस भन्दा अघिल्लो आर्थिक वर्षमा गभर्नर अधिकरीले बैठक भत्ता बापत २ लाख २५ हजार र अन्य सेवा सुविधा बापत १६ लाख ४३ हजार रुपैयाँ बुझेका थिए । अझ यस भन्दा अगाडीको वर्ष २०७७/७८ मा गभर्नर अधिकारीले तलबबापत १३ लाख ९४ हजार ४००, सञ्चालक समितिको भत्ताबापत दुई लाख २५ हजार र अरू भत्ता एवं सुविधाबापत १६ लाख ४३ हजार ३ रूपैयाँ बुझेका थिए ।

यस वर्ष अधिकारीको तलब, बैठक भत्ता र अन्य सेवा सुविधामा पनि उल्लेख्य बृद्धि भएको छ । अघिल्लो वर्ष सञ्चालक समितिको प्रति बैठक भत्ता ५ हजार रुपैयाँ थियो भने गएको वर्ष राष्ट्र बैंकले बढाएर ९ हजार रुपैयाँ पुर्याएको छ ।

दुई डेपुटी गभर्नरको पनि तलब भत्ता तथा सेवा सुविधामा बृद्धि भएको छ । गत आर्थिक वर्षमा डेपुटी गभर्नर नीलम ढुंगानाले तलबबापत १४ लाख ६० हजार, सञ्चालक समिति भत्ता बापत तीन लाख ४२ हजार र अन्य सेवा सुविधा बापत ३८ लाख ९९ हजार सहित कुल ५७ लाख रुपैयाँ बुझेकी छिन् ।

अघिल्लो अर्थिक वर्षमा ढुंगानाले तलबबापत १२ लाख ६९ हजार ६००, सञ्चालक समिति भत्ताबापत दुई लाख ७३ हजार र अरू सुविधा बापत २७ लाख १७ हजार ५१३ रुपैयाँ बुझेकी थिइन् ।

अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले तलब बापत १४ लाख ६० हजार, बैठक भत्ता बापत ३ लाख ७८ हजार र अन्य सेवा सुविधाबापत ३४ लाख ६१ हजार सहित कुल ५३ लाख रुपैयाँ बुझेका छन् ।  

डेपुटी गभर्नर मिश्रले यस भन्दा अघिल्लो आर्थिक वर्षमा तलबबापत १२ लाख ६९ हजार ६००, सञ्चालक समिति भत्ताबापत दुई लाख ९६ हजार र अरू सुविधाबापत २६ लाख ३६ हजार ४१७ रुपैयाँ बुझेका थिए ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया