Nepal Life

नेशनल लाइफको इटहरी शाखाले गर्यो एक दिनै तीन मृत्युदाबी भुक्तानी

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Tue 05:42
नेशनल लाइफको इटहरी शाखाले गर्यो एक दिनै तीन मृत्युदाबी भुक्तानी
Sanima Reliance

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ईटहरी कार्यलयले एकै दिन तीन वटा मृत्युदाबी भुक्तानी गरेको छ ।कम्पनीले ईटहरी-१६ की सोहानी चौधरीलाई रु ५ लाखको मृत्यु दाबी भुक्तानी र बिमाशुल्क छुटको पत्र प्रदान गरेको छ ।

NIMB

बार्षिक बिमाशुल्क रु २८,७८० को दरले दुई किस्ता मात्रै बुझाएको अवस्थामा सोहानीको बुवाको दुर्घटनामा परि मृत्यु भएको थियो । अव उनले बुबाको बीमा शुल्क भुक्तानी गर्नु पर्ने छैन । अबधी पूरा भए पछि पुनः बिमाङ्क र बोनस (करिव १२ लाख) पाउने कम्पनीले जनाएको छ । 

त्यस्तै बिराटचोककी एलिजा घलेले पनि बुबाको मृत्यु दाबी भुक्तानी प्राप्त गरेकी छिन् । उनको बुबा यादब घलेको पनि अवका दिनमा कम्पनी आफैले बीमा शुल्क भुक्तानी गरिदिनेछ । कम्पनीले मासिक रु १००० र अवधि पूरा भए पछि बिमाङ्क र बोनस एकमुष्ट पाउने कम्पनीले जनाएको छ । 

त्यस्तै ईटहरी - १२ खनार निवासी शोभा बराललाई रु१ लाखको चेक र बिमाशुल्क छुटको पत्र प्रदान गरिएको कम्पनीले जनाएको छ । दम्पती अमृत बीमा गरेकोमा पति नेत्र प्रसाद अधिकारीको दुर्घटनामा परि मृत्युु भएकोले सो रकम प्रदान गरिएको हो । अब बिमा अबधि पूरा ‍भए पछि पुनः बिमाङ्क र बोनस एकमुष्ठ प्रदान गरिने कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया