Nepal Life

नेपाल लाइफ गण्डकी प्रदेश अभिकर्ता संघको अधिवेशन सम्पन्न, समीप अधिकारीको अध्यक्षतामा कार्यसमिति गठन

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Tue 19:45
नेपाल लाइफ गण्डकी प्रदेश अभिकर्ता संघको अधिवेशन सम्पन्न, समीप अधिकारीको अध्यक्षतामा कार्यसमिति गठन
Sanima Reliance

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनी गण्डकी प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट सर्वसम्मत रुपमा समीप अधिकारीको अध्यक्षतामा कार्यसमिति गठन भएको हो ।

 

NIMB

पेशागत बीमा अधिकर्ता संघ नेपाल बीमक नेपाल लाइफले राष्ट्रव्यापी रुपमा अधिवेशन गरिरहेको छ । शाखा उपशाखादेखि लिएर प्रादेशिक स्तरमै सञ्जाल विस्तार गर्ने क्रममा आज गण्डकी प्रदेशको अधिवेशन सम्पन्न भएको पेशागत बीमा अभिकर्ता संघका महासचिव ओम केसीले जानकारी दिए ।

उनले भने ‘गण्डकी प्रदेशमा रहेका १९ वटा शाखा कार्यालयहरु मध्ये ११ वटा शाखा कार्यालयमा कार्यसमिति रहेको छ । ११ वटै शाखा कार्यालयबाट आएका प्रतिनिधिहरु मध्येबाट प्रादेशिक कार्यसमिति गठन गरिएको हो ।’

अधिवेशनबाट अधिकारीमो अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा तीन जना टोप बहादुर खत्री, भुमिराज शर्मा र मन्जु कोइराला निर्वाचित भएका छन् । त्यस्तै सचिवमा रबिन्द्र लम्साल, सहसचिवमा दुई जना रामचन्द्र थापा र समुन भुसाल, कोषाध्यक्षमा सरस्वती पुरी निर्वाचित भएकी हुन् । त्यस्तै सदश्यहरुमा क्रमश लोक कुमारी महतो, बाबुराम सापकोटा, प्रेम बहादुर कार्की, नवराज सापकोटा, एक नारायण रिजाल र जानुका सापकोटा निर्वाचित भएका छन् ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया