Nepal Life

सांग्रिला डेभलपमेन्ट बैंकका सिइओ सुयोग श्रेष्ठको वार्षिक तलब सुविधा एक करोड ४ लाख

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Wed 04:19
सांग्रिला डेभलपमेन्ट बैंकका सिइओ सुयोग श्रेष्ठको वार्षिक तलब सुविधा एक करोड ४ लाख
Sanima Reliance

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकरी अधिकृत सुयोग श्रेष्ठको वार्षिक तलव सुविधा एक करोड ४ लाख रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० मा श्रेष्ठलाई तलब, भत्ता, दशैभत्ता, कर्मचारी संचयकोष योगदान, बिदा वापतको भुक्तानी तथा कर्मचारी बोनस बापत उक्त रकम प्रदान गरेको हो ।

NIMB

श्रेष्ठको वार्षिक तलब ५४ लाख ७ हजार, भत्ता ३५ लाख ४२ हजार, दशै भत्ता ८ लाख ५ हजार, सञ्चयकोष ५ लाख ४० हजार र अन्य एक लाख ८ हजार रुपैयाँ रहेको छ । यसमा नियम अनुसार मुनाफाबाट कर्मचारी बोनस जोडिएको छैन । बैंकले श्रेष्ठलाई २०७९ भदौमा दोस्रो कार्यकालका लागि पुन नियुक्त गरेको थियो ।

यस बैंकको लेखापरीण प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० को नाफा वा नोक्सान हिसाब विवरणका आधारमा खुद मुनाफा २७ करोड ४ लाख बाट साधारण जगेडा कोषमा २० प्रतिशतले हुने रकम रु. ५४,१७३,४९६.५०/– सारी तथा अन्य आवश्यक समायोजनहरु पश्चात बाँकी रहेको रकमबाट उन्नाइसौं वार्षिक साधारणसभाको प्रयोजनार्थ चुक्ता पूँजी रु ३,२६,७५,९१,७१६.७१/– को ५.२६३ प्रतिशतले हुन आउने लाभांश मध्ये ५ प्रतिशत अर्थात १६,३३,७९,५८५.८४ /– बराबरको बोनस शेयर तथा ०.२६३ प्रतिशतले हुन आउने रकम रु. ८५,९८,९२५.५७ कर प्रयोजनको लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा पेश गर्दैछ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया