Nepal Life

कात्तिकमा निर्जीवन बीमा व्यवसाय ४.७० प्रतिशतले घट्यो, चार महिनामा १२ अर्ब ७३ करोड आर्जन हुँदा कसको कति ?

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Wed 13:46
कात्तिकमा निर्जीवन बीमा व्यवसाय ४.७० प्रतिशतले घट्यो, चार महिनामा १२ अर्ब ७३ करोड आर्जन हुँदा कसको कति ?
Sanima Reliance

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय गिरावटको क्रम जारी छ । चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क आर्जन ४.७० अंकले घटेको छ । यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १२ अर्ब  ७३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत वर्षको यहि अवधिमा कम्पनीहरुले १३ अर्ब ३५ करोड बीमा शुल्क आर्जन गरेका थिए ।

NIMB

कार्तिक महिनामा सर्वाधिक धेरै राष्ट्रिय बीमा कम्पनीको व्यवसाय ५५.३४ प्रतिशतले घटेको छ । कम्पनीले चार महिनामा जम्मा ५८ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको छ । गएको वर्षको यहि अवधिमा एक अर्ब ३१ करोड थियो ।

कार्तिक महिनासम्ममा सर्वाधिक धेरै बीमा शुल्क आर्जन सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी रहेको छ । सगरमाथाले चार महिनामा एक अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।  त्यस्तै दोस्रो धेरै सिद्धार्थ प्रिमियरले एक अर्ब ३३ करोड आर्जन गरेको छ । मर्जर भन्दा अगाडी साविक सिद्धार्थ र प्रिमियरको छुट्टा छुट्टै व्यवसाय जोड्ने हो भने एक अर्ब ६४ करोड हुन जान्छ । यस हिसावले कम्पनीको व्यवसाय १८.६४ प्रतिशतले घटेको छ ।  

तेस्रो धेरै बीमा शुल्क आर्जन शिखर इन्स्योरेन्स कम्पनीको रहेको छ । कम्पनीले मर्जर विना नै एक अर्ब २७ करोड आर्जन गरेको छ । कम्पनीको व्यवसायमा सामान्य सुधार देखिएको छ । त्यस्तै हिमालयन एभरेष्टले पनि गत वर्षको तुलनामा २४ प्रतिशतले व्यवसाय बढाउदै एक अर्ब १३ करोड आर्जन गरेको छ । गएको यस अवधिमा मर्जरको समस्याबाट गुज्रिरहेको थियो ।

पाचौ नम्बरमा रहेको आइजिआइ प्रुडेन्सियलको व्यवसाय भने ४.१० प्रतिशतले बढेको छ । कम्पनीले समिक्षा अवधिमा एक अर्ब ९३ करोड बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै नेककोले पनि एक अर्ब ४ करोड आर्जन गरेको छ । युनाइटेडको व्यवसाय ८६ करोड ८३ लाखमा सिमित छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया