Nepal Life

आइजिआइ प्रुडेन्सियलले पायो मर्जरको सिनर्जी, चरम आर्थिक मन्दीमा पनि बीमा व्यवसाय ४.१० % ले बढ्यो

National Life
  • BFIS News
  • 2023 Dec Wed 14:37
आइजिआइ प्रुडेन्सियलले पायो मर्जरको सिनर्जी, चरम आर्थिक मन्दीमा पनि बीमा व्यवसाय ४.१० % ले बढ्यो
RBB

काठमाडौं । आइजिआइ प्रुडेन्सियलले मर्जरको सिनर्जी प्राप्त गरेको छ । कम्पनीले चरम आर्थिक मन्दी तथा समग्र निर्जीवन बीमा व्यवसायको बृद्धिदर नै ऋणात्मक हुँदा पनि ४.१० प्रतिशतको बृद्धि हासिल गर्न सफल भएको हो ।

NIMB

चालु आर्थिक वर्षको ४ महिनाको अवधिमा निर्जीवन बीमा व्यवसाय ४.७० प्रतिशतले घटेको छ । जवकी कम्पनीले मर्जर अगाडी साविकका दुई कम्पनीको व्यवसायलाई जोड्दा पनि ४ करोड ३१ लाख रुपैयाँले व्यवसाय बृद्धि गरेको छ । चार महिनाको अवधिमा कम्पनीले एक अर्ब ९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले एक अर्ब ५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

साविक आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स मर्जर भइ गएको बैशाख २७ गते एकिकृत कारोबारको शुभारम्भ गरेका थिए । आइएमई समुहले डुबेको एनबि इन्स्योरेन्स कम्पनीलाई टेक ओभर गरेर आइएमई जनरल बनाएको थियो । यसरी डुबेको कम्पनीलाई माथि उठाएको आइएमई समुहले पछिल्लो समय मर्जर गरेर निर्जीवन बीमा कम्पनीहरु मध्ये सर्वाधिक धेरै पूँजी भएको कम्पनीको रुपमा स्थापित गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब २ करोड रुपैयाँ रहेको छ । यो निर्जीवन बीमा कम्पनीहरुको मध्ये सर्वाधिक धेरै हो ।

समग्र अर्थतन्त्रमा मन्दी आउदा निर्जीवन बीमा व्यवसायमा पनि नराम्ररि असर पुर्याएको छ । मोटरको आयात गएका वर्षको तुलनामा धेरै नै घटेको हुँदा निर्जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन धेरै नै तल छ । त्यस्तै बैंकहरुबाट घर तथा अपार्टमेन्ट बनाउन जाने कर्जामा गिरावट छ । अन्य सबै प्रकारका व्यवसायमा मन्दी छाउदा यसको प्रत्यक्ष असर निर्जीवन बीमा कम्पनीमा पनि पर्छ ।

आइजिआइ प्रुडेन्सियलले कात्तिक महिनासम्ममा ७६ हजार ८३० वटा पोलिसी जारी गरी कुल एक अर्ब ९ करवड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै कात्तिक एक महिनामा कम्पनीले १७ हजार ३२१ वटा पोलिसी जारी गरी २३ करोड २१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

आइजिआइ प्रुडेन्सियलले साविक दुबै कम्पनीको व्यवसायलाई नविकरण गर्ने प्रयास गरिरहेको छ । प्राय मर्जरको समस्या मर्जर भन्दा अगाडीका व्यवसाय अन्य कम्पनीहरुले खोसेका धेरै उदाहरण छन् । तर मर्जर पछि कम्पनी उच्च व्यवस्थापनले साविक व्यवसायका साथ साथै नयाँ नयाँ व्यवसायमा पनि जोड दिएको छ ।

नेपालको अर्थतन्त्रमा उदाउसो आइएमई समुहको बलियो साथ र सहयोगले पनि कम्पनीलाई व्यवसाय बढाउन मद्दत पुगेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेश भक्त बादे श्रेष्ठ निर्जीवन बीमा क्षेत्रका धेरै नै अनुभवी व्यक्तित्व हुन् । व्यवस्थापन सँग सँगै मार्केटिङ स्किलमा अब्ल श्रेष्ठले आइएमई समुहले टेकओभर गरेदेखिनै साथ दिदै आएका छन् । यसले गर्दा मर्जर पछि पनि उनि नै सिइओका लागि छनोटमा परे ।

कम्पनीले व्यवसाय विस्तारका लागि कर्मचारीलाई ट्रेन गराउनेदेखि लिएर प्रोत्साहनमुलक कार्यक्रमहरु पनि गर्दै आइरहेको छ । ठुला ठुला व्यवसायका अतिरिक्त रिटेल व्यवसायमा पनि कम्पनीले उत्तीकै ध्याद पुर्याइरहेको छ ।

शेयर गर्नुहोस

Shikhar detail

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया