Nepal Life

नेपाल लाइफका गणेश अधिकारी लगातार चौथो पटक एमडिआरटी बन्न सफल, एक पछि अर्को नयाँ रेकर्ड बनाउदै

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Fri 05:27
नेपाल लाइफका गणेश अधिकारी लगातार चौथो पटक एमडिआरटी बन्न सफल, एक पछि अर्को नयाँ रेकर्ड बनाउदै
Sanima Reliance

काठमाडौं । नेपाल लाइफका अभिकर्ता गणेश अधिकारी चार वर्षदेखि लगातार एमडिआरटी बन्न सफल भएका छन् । नेपाली बीमा बजारको विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफको विराटनगर शाखामा कार्यरत अधिकारी मिलियन डलर राउण्ड टेबल अन्तर्गत सन् २०२४ कालागि छनोट भएका हुन् ।

NIMB

नेपाल लाइफले अभिकर्ताहरुलाई प्रोत्साहित गर्न एमडिआरटीको प्रावधानको सुरुवात गरेको वर्षदेखि नै अधिकारी एमडीआरटीका लागि योग्य हुँदै आएका छन् । नेपाल लाइफमा सर्वाधिक बीमा व्यवसाय भित्र्याउने पुर्वी नेपालका खम्बा अधिकारीले आफ्नो मात्रै नभइ उनको दुई छोरा तथा श्रीमति पनि गएका वर्षमा एमडिआरटी तथा सिओटीका लागि योग्य भइसकेका छन् ।

पेशाले शिक्षक अधिकारीको परिवारले स्कुल तथा कलेज पनि सञ्चालन गर्दै आइरहेको छ । जीवनमा सफलता पाउन सबैभन्दा ठुलो हात परिवारकै हुन्छ । अधिकारीलाई पनि उनको श्रीमति हौसलाको ठुलो साथ र सहयोग रहेको छ । अधिकारी सरकारी शिक्षक हुन् भने उनको श्रीमतिले विराटनगरमा एउटा निजीस्तरको स्कुल र क्याम्पस सञ्चालन गर्दै आइरहेकी छिन् । अधिकारीको हरेक आटलाई साथ दिदै आएकी हौसला शिक्षक तथा स्कुल कलेजको व्यवस्थापनको अतिरिक्त अभिकर्ताको काम गर्छिन् । करण अधिकारी एमडिआरटीका साथै सिओटी बन्न सफल भइसकेका छन् । कृषि विज्ञानमा स्नातक गरेका करुण हाल स्नातकोत्तर गर्दै छन् । अर्का छोरा आलोक भने बिएफआइएम पुरा गरिसकेका छन् ।

शिक्षा क्षेत्रमा उनले जति समय व्यतिति गरेका हाराहारी त्यति नै समय नेपालको बीमा क्षेत्रको विकासमा पनि योगदान पुर्याइसकेका छन् । खोटाङ जिल्लाको ज्यामिरे ९ मा जन्मेका उनले जीवनको लामो समय शिक्षण पेशामा विताए । शिक्षण पेशामै रहेको बेला उनले वि.स. २०५४ सालमा बीमाको खासै जानकारी नहुँदा नहुँदै पनि जीवन बीमा गराए । तर इटहरी घुम्न जादा उनले विराटनगरमा अभिकर्ताको तालिम भइरहेको थाहा पाए । नेपाल बीमा प्राधिकरणले २०५८ सालमा दिएको उक्त तालिममा सहभागी भए पछि भने उनले बल्ल बीमाको बारेमा समान्य जानकारी प्राप्त गरे ।

अभिकर्ता तालिम प्राप्त गरे पछि कुनै एउटा कम्पनी छनोट गर्नु पर्ने थियो । उनले तत्कालिन समयमा रहेका ५ वटा कम्पनीको बारेमा बुझे । त्यस समयमा नेपाल लाइफ नयाँ तर राम्रो कम्पनी हो भन्ने लाग्यो । यसरी शिक्षण पेशा सँग सँगै उनको अभिकर्ता यात्रा सुरु भयो । सोलु, खोटाङ, संखुवासभा लागयतका जिल्लामा आफ्नो कार्यक्षेत्र बनाएका उनले पछिल्लो समय विराटनगरमा आफुलाई केन्द्रित गरेका छन् । उनि आफु मात्रै अभिकर्ता पेशामा होमिएका छनन् उनले आफ्नो टिमलाई पनि शशक्त बनाएका छन् । हाल उनको टिममा खोटाङबाट ८० जना, सोलुबाट ५५ जना र विराटनगर सहित ४ सय हाराहारीमा अभिकर्ताको नेटवर्क रहेको छ । यो नै उनको सामुहिक शक्ति हो । अभिकर्ता पेशामा आफुले मात्रै काम गर्ने भन्दा पनि आफ्नो मातहतमा अभिकर्ताको सञ्जाल निर्माण गरेर उक्त सञ्जालाई व्यवस्थापन गर्नु राम्रो मानिन्छ ।

उनले जीवन बीमा व्यवसायका क्रममा नेपाल लाइफले ल्याएका अहिलेसम्मका कुनै पनि स्किम पुरा नगरेको र पदक प्राप्त नगरेको रेकर्ड छैन । उनि भन्छन् ‘मैले नेपाल लाइफका सम्पुर्ण अवार्डदेखि लिएर स्किम जितिसकेको छु ।’ यसै क्रममा उनिले टार्गेट पुरा कयौ देशमा घुम्मे अवसर प्राप्त गरिसकेका छन् ।   

अहिले बजारमा धेरै नै आर्थिक मन्दी छ । पहिला पहिला ठुला ठुला बीमा पोलिसी बिक्री हुन्थ्यो । तर अहिले ५० लाखका पोलिसी पनि काट्न सक्ने अवस्था छैन । ठुला ठुला बीमा पोलिसी खरिद गर्ने क्षमतामा ह्रास आएको छ । उनि आफैले कुनै समयमा करोड करोडका बीमा पोलिसी बिक्री गर्थे तर अहिले १०/२० लाखको पोलिसी बिक्री गरिरहेका छन् ।

उनि अहिले पनि जहाँ बीमा पोलिसीका लागि पुग्छन् कहिले पनि खालि हात फर्किदैनन् । उनको हरेक मानिसलाई मनाउन सक्ने जादुमयी क्षमताले यो अवस्थासम्म ल्याइ पुर्याएको हो । उनि कसैलाई पनि म सँग बीमा गर्नु पर्यो भने प्रस्ताव गर्दैनन् । जीवन बीमाको बारेमा राम्रो सँग बुझाउन् अनि नेपाल लाइफमै बीमा गर्न सुझाउछन् । नेपालकोको बोनसदेखि लिएर सेवा सुविधा धेरै नै राम्रो भएको हुँदा बरु म सँग बीमा नगर्नु तर नेपाल लाइफमै गर्नु पर्ने सल्लाह दिन्छन् ।

एक पटक भेटिसकेका र कुरा सुनिसकेका मानिसले आफ्नो मात्रै होइन आफ्ना परिवारका अन्य सदश्यको पनि बीमा गराउन सुझाउने गर्छन् । अहिले अधिकाम्स बीमितले घरमै बोलाएर बीमाको बारेमा बुझ्ने तथा पोलिसी खरिद गर्ने गरेका छन् । यो नै उनको बिक्रीकला हो । जसले उनलाई नेपाल लाइफको पुर्वी खम्बाको रुपमा स्थापित गरिदिएको छ ।

सहयोगी भावनाका अधिकारी विभिन्न संघ संस्थामा पनि उत्तीकै सक्रिय छन् । लाइन्स क्लबको प्रोटकलमा बीमा हेर्ने विभाग उनकै जिम्मेवारी भित्र पर्छ । यसरी विभिन्न संघ संस्थाको पनि उनलाई ठुलो साथ र सहयोग पुगेको छ । अधिकारीले एकै दिनमा एक करोड ५० लाख रुपैयाँको बीमा पोलिसी बिक्री गरेर राष्ट्रिय रेकर्ड बनाइसकेका छन् । पछिल्ला दिनमा बीमाको बारेमा बुझ्नेको संख्यामा पनि क्रमिक रुपमा बृद्धि भइरहेको उनि बताउछन् । अभिकर्ताले आफ्नो बारेमा भन्दा पनि कम्पनीको र पोलिसीको बारेमा राम्रो सँग बुझाएर बीमितलाई आकर्षित गर्नु पर्ने उनको भनाइ छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया