Nepal Life

नेपाल पुनर्बीमाको एकै दिन ८६.८३ करोडको कारोबार, तीन संस्थापकको शेयर एशियन लाइफ र सुप्रिम सिमेन्टको पोल्टामा

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Fri 05:32
नेपाल पुनर्बीमाको एकै दिन ८६.८३ करोडको कारोबार, तीन संस्थापकको शेयर एशियन लाइफ र सुप्रिम सिमेन्टको पोल्टामा
Sanima Reliance

काठमाडौं । बिहीबार एकै दिन नेपाल पुनर्बीमा कम्पनीको ८६ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भयो । तीन वटा ब्रोकर मार्फत २९ लाख ७९ हजार ४२४ कित्ता शेयर खरिद बिक्री भएको छ ।

NIMB

नेपाल बीमा प्राधिकरणका अनुसार विद्यमान तीन वटा संस्थाक शेयरधनीहरुले शेयर बिक्रीका लागि सैद्धान्तिक स्वीकृति लिएका छन् । प्रभु इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स कम्पनीले पूँजी पुर्याउने सर्त सहित शेयर बिक्रि गर्ने अनुमति पाएका हुन् । यसै क्रममा विशाल ग्रुपले पनि केहि शेयर बिक्रीका लागि अनुमति प्राप्त गरेको थियो ।

प्राधिकरणबाट सैद्धान्तिक सहमति प्राप्त गरेका उनिहरुको सबै शेयर दोस्रो बजार मार्फत खरिद बिक्रीको अन्तिम प्रकृयाँ भने पुरा हुन बाँकी रहेको छ । प्रभु इन्स्योरेन्सले आफ्नो नाममा रहेको १९ लाख ७४ हजार कित्ता नै शेयर बिक्री गर्ने अनुमति पाएको थियो । प्राधिकरणले न्युनतम चुक्ता पूँजी जुटाउन नसकेका प्रभु इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स कम्पनीलाई हकप्रद शेयर निष्काशन नगरि पूँजी जुटाउन दवाव दिए पछि प्रभुले नेपाल पुनर्बीमा कम्पनीको शेयर बिक्रि गर्ने योजना प्रस्तुत गरेको थियो । त्यस्तै नेपाल इन्स्योरेन्स कम्पनीले भने नेपाल पुनर्बीमा कम्पनीको शेयर र घर जग्गा बिक्री गरेर पूँजी जुटाउने योजना पेश गरेको थियो । यहि अनुरुप दुबैले पुनर्बीमा कम्पनीको शेयर बिक्री गरेका हुन् ।

प्रभु इन्स्योरेन्स कम्पनीको शेयर एशियन लाइफले खरिद गरेको छ । एशियन लाइफले प्रभु सहित नेपाल इन्स्योरेन्स सहित २६ लाख कित्ता भन्दा धेरै शेयर खरिद गरेको छ । आज भएको २९ लाख ७९ कित्ता मध्ये २६ लाख हाराहारी एशियन लाइफ र बाँकी शेयर पुर्व उद्योग बाणिज्य महासंघका अध्यक्ष पशुपती मुरारकाको सुप्रिम सिमेन्टले खरिद गरेको छ ।

नेपाल पुनर्बीमाको संस्थापक शेयर प्रभु इन्स्योरेन्स कम्पनीको नाममा १९ लाख ७४ हजार कित्ता र नेपाल इन्स्योरेन्सको नाममा पनि १९ लाख ७४ हजार कित्ता नै रहेको छ । त्यस्तै दोस्रो ठुलो शेयरधनी विशाल ग्रुपको तीन करोड १६ लाख कित्ता शेयर रहेको छ ।

आज भएको कारोबार अनुसार ब्रोकर नम्बर ४४ बाट प्रति कित्ता २७८ रुपैयाँकोदरमा दुई लाख २४ हजार ५५० कित्ता शेयर खरिद भएको छ । त्यस्तै ब्रोकर नम्बर ४४ बाटै प्रति कित्ता २७० रुपैयाँको दरमा ५ लाख कित्ता शेयर खरिद भएको छ । ब्रोकर नम्बर ८ बाट प्रति कित्ता प्रति कित्ता २८० रुपैयाँको दरमा २ लाख ७५ हजार ४५० कित्ता र ब्रोकर नम्बर ६ बाट प्रति कित्ता ३०० रुपैयाँको दरले २२ लाख ५४ हजार कित्ता खरिद भएको छ । यो सबै कित्ता ब्रोकर ४ नम्बरबाटै बिक्री भएको छ । पुनर्बीमा कम्पनीको संस्थापक शेयरमा प्रति कित्ता १०० रुपैयाँको दरले खरिद गर्नेले २७८ देखि ३०० रुपैयाँ हात परेका छन् । यस अवधिमा तीन पटक लाभांश पाइसकेका छन् । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया