Nepal Life

सुक्खायाम सुरु भए सँगै आन्तरिक उत्पादनले धान्न नसक्दा भारतबाट बिजुली आयात सुरु

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Sat 08:28
सुक्खायाम सुरु भए सँगै आन्तरिक उत्पादनले धान्न नसक्दा भारतबाट बिजुली आयात सुरु
Sanima Reliance

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ७ महिनामा १५ अर्ब २३ करोड ८० लाख रुपैयाँको १ अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् भारत निर्यात गरेको छ । देशभित्र खपत गरी बचत भएको बर्खार्यामको विद्युत् गत २८ जेठबाट प्राधिकरणले भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।

NIMB

जेठदेखि मंसिर २० सम्म दैनिक अधिकतम ७ सय मेगावाटसम्म विद्युत् निर्यात गरिएको प्राधिकरणले जनाएको छ । निर्यात गरिएको विद्युत्को औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ७७ पैसा छ ।

चालु आर्थिक वर्ष ०८०/८१ को साउनदेखि २० मंसिरसम्म १३ अर्ब २३ करोड ६७ लाख रुपैयाँको विद्युत् निर्यात भएको छ । यस अवधिमा १ अर्ब ४७ करोड ६७ लाख युनिट विद्युत् निर्यात भएको थियो । निर्यात गरिएको बिजुलीको औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ९६ पैसा छ । सबैभन्दा बढी मूल्यमा भने गत भदौमा विद्युत् बिक्री गरिएको छ । प्राधिकरणको तथ्यांकअनुसार उक्त महिनामा प्रतियुनिट ११ रुपैयाँ ९७ पैसाका दरले विद्युत् बिक्री भएको हो ।

भदौमा ३ अर्ब ४७ करोड ८५ लाख रुपैयाँको बिजुली निर्यात गरिएको थियो । असोजमा सबैभन्दा बढी ४ अर्ब १७ करोड ७७ लाख रुपैयाँको विद्युत् भारत निर्यात भएको छ । तर अहिले सुक्खायाम सुरु भएसँगै खोला तथा नदीमा पानीको बहाव घटेको छ । जसका कारण जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन घट्न थालेको छ । जाडो बढेसँगै आन्तरिक माग वृद्धि भएपछि त्यसलाई पूर्ति गर्न भारतीय बजारबाट विद्युत् आयात सुरु भइसकेको छ ।

अहिले दैनिक विद्युत्को अधिकतम माग १ हजार ७ सय मेगावाट हाराहारी रहेको र त्यसलाई पूर्ति गर्न आन्तरिक उत्पादनले नधान्ने हुँदा थोरै परिमाणमा विद्युत् आयात सुरु गरिएको प्राधिकरणले जनाएको छ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया