Nepal Life

नीतीगत सहजताको बाटो समाएकोमा नेपाल राष्ट्र बैंकलाई धन्यवाद, सुमन सुवेदीको टिप्पणी

Global Ime detail Page
  • सुमन सुवेदी
  • 2023 Dec Sat 08:51
नीतीगत सहजताको बाटो समाएकोमा नेपाल राष्ट्र बैंकलाई धन्यवाद, सुमन सुवेदीको टिप्पणी
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाशिक मौद्रिक समिक्षा जारी गरेको छ । समिक्षामा बैक दर ७.५० प्रतिशतबाट ७ प्रतिशत, नितीगत दर ६.५० प्रतिशतबाट ५.५० प्रतिशत तथा निक्षेप संकलन वोलकवोल दर ४.५० प्रतिशत बाट ३ प्रतिशतमा झारिएको छ । यस व्यवस्थाले व्याजदर क्रमश घट्दै जानेछ ।

NIMB

ऋणपत्रलाई २०८० पुस मसान्तसम्म मात्र सत प्रतिशत श्रोतमा गणना गर्न पाइनेमा २०८१ असार सम्म ५० प्रतिशतलाई श्रोतमा गणना गर्न पाइने छ । यस्तो व्यवस्थाले पूँजीकोषमा अपेक्षित भन्दा कम दवाव पर्ने देखिन्छ ।

परिस्थीती जन्य खराव कर्जालाई पुनर्तालिका करणको म्याद थप अन्यको असुली कडा गर्ने व्यवस्था गरिएको । यस्तो व्यवस्थाले खराव कर्जा व्यवस्थापनमा सुधार हुने देखिन्छ ।  

भरखर भुकम्प प्रभावित घरहरूलाई दिने २५ लाख सम्मको कर्जामा २ प्रतिशत मात्रै प्रिमियममा दिने र कर्जा धितोअनुपातमा पनि सविक १० प्रतिशत वढीसम्म कर्जा दिन पाइने व्यवस्था गरेको छ । यस्तो व्यवस्थाले भुकम्पबाट प्रताडितलाई नेपाली नागरिकलाई केहि राहत प्रदान गर्नेछ ।

५० लाख रुपैयाँ माथीका सेयर कर्जामा जोखिम भार साविक १५० प्रतिशतवाट घटाएर १२५ प्रतिशत कायम गर्ने व्यवस्था गरिएको छ । शेयर धितो कर्जाका विषयमा लगानीकर्ताको गुनासोलाई राष्ट्र बैंकले संबोधन गरेको छ । यस्तो व्यवस्थाले बैंकलाई सेयर कर्जामा प्रोत्साहन गरेको छ ।

अपर्याप्त हो की भन्ने शंकाका साथ अपेक्षा अनुरूप नितीगत सहजताको बाटो समाएकोमा नेपाल राष्ट्र बैंक लाई धन्यवाद । आगामी दिनमा बैंकदर अझै तल झार्ने र CRR तथा SLR समेत घटाउने  उपकरण बाँकी नै रहेकोले थप नितीगत सहजता आउने आसातित छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया