साना किसान विकास लघुवित्तको २० प्रतिशत लाभांश घोषणा
- BFIS News
- 2023 Dec 10 10:43
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले यस पटक शेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत लाभांश दिने भएको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
संस्थाको मंसिर २४ गते विहान बसेको सञ्चालक समितिले लाभाश घोषणा गरेको हो । प्रस्तावित लाभांश साधारणसभाले पारित गरेपछि मात्रै शेयरधनीले पाउने छन् । यस भन्दा अगाडी नेपाल राष्ट्र बैंकले स्वीकृत गर्नु पर्छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1759825227_1100x100.gif)

















प्रतिक्रिया