Nepal Life

हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँड, वैदेशिक रोजगारमा गएका लगानीकर्ताले पाए १८० कित्ता

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Sun 10:51
हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँड, वैदेशिक रोजगारमा गएका लगानीकर्ताले पाए १८० कित्ता
Sanima Reliance

काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज शेयर बाँडफाँड गरेको हो  ।

NIMB

क्यापिटलका अनुसार आईपीओमा कुल ३२ हजार ६४ जनाले आवेदन दिएका थिए  । जस मध्ये ८ जनाको आवेदन रद्द भएको छ  । योग्य कायम भएका ३२ हजार ५६ जना आवेदकलाई शेयर बाँडफाँड गरिएको छ  । लगानीकर्ताले १८० कित्तासम्म शेयर पाएका छन्  ।

क्यापिटलका अनुसार १० कित्ता देखि १७० कित्तासम्मको लागि आवेदन दिनेले माग बमोजिम कै शेयर पाएका छन्  । १८० कित्ता देखि १९ हजार ५ सय कित्तासम्मको लागि आवेदन दिनेले पनि समान १७० कित्ता शेयर पाएका छन्  । १८० कित्ता देखि १९ हजार ५ सय कित्तासम्मको लागि आवेदन दिने ६ हजार ९ सय ३४ जना आवेदन मध्येबाट गोलाप्रथा गरि २ हजार ६ सय ५१ जनाले थप १० कित्ता शेयर पाएका छन्  ।  यसरी २ हजार ६ सय ५१ जनाले १८० कितात शेयर पाएका छन्  ।

 कम्पनीले  श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपाली ३० लाख कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँमा आईपीओ निष्काशन गरेको थियो ।  

 नेपाल धितोपत्र  बोर्डले कार्तिक १ गते कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । कम्पनीले सर्वसाधारणका लागि पनि यहि मंसिर २७ गतेदेखि आइपिओ निष्काशन गर्दैछ । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया