Nepal Life

सुन चाँदीको बढ्दो भाउमा लाग्यो ब्रेक, एकै दिन तोलामा १३ सयले घट्यो

Global Ime detail Page
  • BFIS News
  • 2023 Dec Sun 11:00
सुन चाँदीको बढ्दो भाउमा लाग्यो ब्रेक, एकै दिन तोलामा १३ सयले घट्यो
Sanima Reliance

काठमाडौं । लगातार बढिरहेको सुन चाँदीको भाउमा आज ब्रेक लागेको छ । शुक्रबार प्रतितोला एक लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १३ सय घटेको हो । 

NIMB

आज आइतबार छापावाला सुन प्रतितोला एक लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन तोलामा १ लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य एक लाख १ हजार ७४० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख २७० र प्रति १० ग्राम चाँदीको मूल्य १२ सय २२ रुपैयाँ तोकेको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया